अर्जेन्टिन्ना बिश्वकप बाट बाहिरिए पछि समर्थकद्वारा झुन्डिएर आत्महत्या

समाचार
शेयर गर्नु होला

 

कोलकता

उपाधि दाबेदार टिम विश्वकपबाट बाहिरिएपछि सामान्य जीवनमै फर्किन्छन्  तर, कतिपय फुटबल फ्यानहरू यस्ता पनि हुन्छन्, जसले हारलाई सहज रूपमा लिन सक्दैनन् ।

त्यस्ता फुटबल समर्थक आफ्नो मन पर्ने टिमको हारलाई जीवनकै ठूलो हारका रूपमा लिने गर्छन् । अनि, जीवनको इहलीला नै समाप्त गर्छन् ।

अहिले भारतमा एुटा यस्तै घटना भएको छ । अर्जेन्टिना र लियोनल मेसीको टिम प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि २० वर्षीय एक अर्जेन्टिनी समर्थकले मृत्यु रोजेका छन् । वेस्ट बंगालको माल्दा जिल्लाका मोनोतोष हाल्दरले अैतबार आत्महत्या गरेका हुन् ।

 

प्रिक्वार्टरफाइनलमा अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित हुँदा मोनोतोषले त्यसलाई सामान्य रूपमै लिए ।
मोनोतोषले परिवारका सदस्यहरूलाई ‘गुड बाई, सुत्न जान्छु’ भन्दै बिदा लिए । तर, परिवारका सदस्यहरूलाई के थाहा, वास्तवमै शनिबारको डिनर मोनोतोषको जीवनकै अन्तिम थियो ।

अैतबार बिहान मोनोतोष नौठेपछि परिवारका सदस्य उनलाई उठाउन गए । ढोकामा बारम्बार आवाज दिँदा भित्र कोठाबाट केही आवाज नाअेपछि उनीहरूको मनमा चिसो पस्यो । त्यसपछि प्रहरी बोलाएर ढोका फोड्न लगाइयो । प्रहरी भित्र प्रवेश गर्दा मोनोतोष पंखामा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

मोनोतोषका बुबा मोङोल हाल्दरले छोरा कुनै मानसिक रोगी नभएको प्रहरीलाई जानकारी दिएका छन् । ‘मेरो छोरा मानसिक रोगी होइन, विश्वकप आएपछि प्रत्येक दिन टिभीअगाडि फुटबल हेरिरहन्थ्यो,’ फुटबलप्रेमी छोरा बताउँदै मोङोलले भने, ‘उसलाई अर्जेन्टिना र मेसी भनेपछि केही चाहिँदैनथ्यो ।’ फ्रान्ससँग अर्जेन्टिना पराजित भए पनि छोराले त्यसलाई सामान्य नै व्यवहार गरेको बुबाले बताए ।

अर्जेन्टिना विश्वकपमा पराजित भएपछि समर्थकले आत्महत्या गरेको यो पहिलो घटना भने होइन । समूह चरणमा अर्जेन्टिना क्रोएसियासँग ३–० ले पराजित भएपछि केरलाका दिनु एलेक्सले नदीमा हामफालेर ज्यान दिएका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *