निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा नेविसंघको प्रदर्शन

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरुले निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । बुधबार दिउँसो विद्यार्थीले निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

यसाघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध प्रदर्शन गर्न पाइने सात स्थान तोकेको थियो । त्यसमा माइतीघर र रत्नपार्क परेको थिएन । कांग्रेसले माइतीघरमा सभा र प्रदर्शन गर्न पाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो ।

 

प्रदर्शनको क्रममा केहीबेर प्रहरीसँग धकेलाधकेल भएको थियो । धकेलाधकेलका क्रममा नेविसंघका कार्यकर्ता दोलखाका अर्बत खड्का घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भैरहेको छ ।

माइतीघरको प्रदर्शनमा नेविसंघका पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी भएका थिए । प्रदर्शनकारीले ‘निषेधित क्षेत्र खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतको नारा लगाएका छन् ।

माइतीघर मण्डला परिसरमा अहिले बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *