सरकारले तोकेको स्ट्याण्र्ड मेन्टेन गर्ने कलेजहरुलाई सम्बन्धन दिन्छ,:निषेधित क्षेत्र कुनैहालतमा फिर्ता हुँदैन

समाचार
शेयर गर्नु होला

 

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम आचार्यले उपत्यकामा मेडिकल खोल्न रोक नलगाइने स्पष्ट पारेका छन्।

‘उहाँ चिकित्सा शिक्षामा देखिएको बेथिति हटाउन राम्रो मनशायले अनशन बस्दै अौनुभएको छ, तर तर वर्षसम्मपनि काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्नै हुँदैन भन्ने कुरा मैले बुझेको छैन्’, उनले भने– ‘सरकारले तोकेको स्ट्याण्र्ड मेन्टेन गर्ने कलेजहरुलाई सम्बन्धन दिन रोक्नुहुँदैन्, तीनलाई सम्बन्धन दिनुपर्छ।’

नेपालबाट डाक्टर पढ्नको लागि अर्बौं रुपैयाँ विदेश बाहिरिएको र यो राक्नको लागि पनि नेपालमा स्तरीय मेडिकल कलेजहरु सञ्चालनमा अौनुपर्ने उनको भनाई छ। ‘डा। केसीले उठाएका अरु विषयहरु ठीक छन्, तर १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज खोल्न हुँदैन भन्ने कुरामा म सहमत छैन्’, उनले भने।

अहिले नेपालमा डाक्टर पढ्न नपाएर हजारौंको संख्यामा भारत, चीन, बंगलादेश र चीन लगायतका देशमा नेपाली विद्यार्थीहरु पढ्न जानुपर्ने बाध्यता रहेको सुनाउँदै उनले नेपालमै पढ्ने वातावरण बनाउन पनि मेडिकल कलेज खोल्नुपर्छ भने।

सरकारको कारणले गर्दा डाक्टर केसीको उपचारमा कुनै बाधा तथा अवरोध नभएको आचार्यले दाबी गरे। ‘उहाँकै स्वार्थका कारण उपचार नभएको हो, उहाँले देशभरि नै घोषणा गरिएको निषेधित क्षेत्रहरु फिर्ता लिन भनिरहनुभएको छ, तर म यही मञ्चबाट भन्छु, सरकारले फिर्ता लिनको लागि निषेधित क्षेत्र घोषणा गरेको होइन्, त्यसैले कुनै हालतमा फिर्ता हुँदैन्।’ आचार्यले ५० जनाको जुलुसले गर्दा ५ लाखलाई प्रत्यक्ष असर पर्ने हुँदा सरकारले निषेधित क्षेत्र तोकेको बताउँदै यसलाई सरकारको सही निर्णय भएको पनि दाबी गरे।

उनले चिकित्सा शिक्षा सुधारसम्बन्धी आएको माथेमा आयोगको प्रतिवेदन समेत ए टु जेड ठिक नहरेको जिकिर गरे। ‘काठमाडौंमा अनशन बस्न छोडेर उहाँ किन जुम्ला जानुपर्यो’, उनले प्रश्न गरे, ‘यो कुरा पनि मैले बुझन सकेको छैन्।’
त्यस्तै उनले अनशनरत गंगामाया अधिकारीको पनि समस्या हल गर्नुपर्नेमा जोड दिए।

यद्धपी उनले द्धन्द्धकालिन मुद्दा भएकोले सरकारले यसाघि नै गठन गरेका बेपक्ता व्यक्ति छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत निकास खोजिनुपर्ने स्पष्ट पारे।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *