सडकमा अनसन बसेर हल गर्ने ? अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली : गृहमन्त्री थापा

समाचार
शेयर गर्नु होला

 

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने बताएका छन् ।

बुधबार (आज) संसदलाई सम्बोधन गरिरहँदा गृहमन्त्री थापाले डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको बताएका छन्, भने विरोध गर्न रोक पनि नलगाएको बताएका छन् । गृहमन्त्री रामबहादुर थापाले लोकतान्त्रिक विधि र सुशासनमार्फत विद्यमान सबै समस्याको समाधान गरिने भन्दै अनशनरत डा गोविन्द केसी र गंगामाया अधिकारीको मागलाई सम्बोधन गरिने बताएका छन् ।

संसदलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको छ । अतिशंवेदनशिल ठाउँहरुमा अनसन बस्न मिल्दैन । तर तपाई अन्त गएर बस्न सक्नुहुन्छ ।’

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर केही सांसदले सरकारको ध्यानाकर्षण गराएपछि जवाफ दिँदै       गृहमन्त्री थापाले उत्पन्न समस्याको लोकतान्त्रिक विधिअनुसार समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । डा. गोविन्द केसीको अधिकारलाई दमन तथा कुण्ठित नगरेको भन्दै उनको नैसर्गिक अधिकारको सम्मान गरेको स्पष्ट पारे ।

गृहमन्त्री थापाले डा.केसीको मागको बारेमा बोल्दै सरकारको कुनै अडान वा विमति नभएको बताएका छन् । तर, यसरी स्वास्थ्य नीति कस्तो प्रकारको बनाउने भन्ने अधिकार संसदको भएको बताएका छन् । त्यस्तै उनले अहिले निर्वाचित सरकार अैसकेको र सदन गठन भएको बताएका छन् । त्यसोत डा। केसीका मुद्दाहरुलाई लोकतान्त्रिक तरिकाले हल गर्नुपर्ने बताएका छन् । उनले डा।केसीलाई प्रश्न गर्दै भने, ‘तपाईले सडकमा अनसन बसेर हल गर्ने ?’

लोकतन्त्रका जननी भनिएका देशमा पनि जहाँसुकै विरोध जनाउन नपाइने भन्दै उनले डा केसीले उठाएको विषयमा सरकारको विमति छैन, विधिसम्मत र लोकतान्त्रिक तबरले हल गरिनेछ भने । जननिर्वाचित प्रतिनिधिसभामार्फत विधिसम्मतरुपमा समस्याको समाधान गरिने भन्दै उनले विशेष किसिमका मुद्दा सम्बोधन गर्न सरकारले सदनमा विधेयक ल्याउने जानकारी दिए ।

उनले भने, ‘तपाईको आवाजको सम्मान गर्छौं, लोकतान्त्रिक तबरले समस्याको समाधान गरौँ, कानूनभन्दा माथि केही हुँदैन, डा केसीलाई पनि लोकतान्त्रिक मान्यतालाई ख्याल गर्न अपिल गर्दछु ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *