मुम्बैई। फिल्ममा बोल्ड दृश्य दिएका कारण निकै चर्चामा आएकी हट हिरोइन मल्लिका शेरावतले रियलमा पनि बेडमा जान नचाहेका कारण आफूलाई धेरै फिल्मबाट निकालिएको खुलासा गरेकी छिन् ।
उनले अगाडि भनिन् ‘मलाई एुटा फिल्मबाट मात्रै यत्ति कारणले निकालियो कि मैले त्यो फिल्मका हिरोसँग सुत्न अस्वीकार गरें ।’ मल्लिाकाले कैयौं पटक आफूलाई निर्देशकले फोन गरेर रातको ३ बजे भेट्न बोलाएको बताइन् ।
४१ वर्षकी मल्लिकाले एक समाचार एजेन्सीसँग कुराकानीको क्रममा यस्तो बयान दिएकी हुन् । उनले भनिन् ‘ममाथि धेरै आरोप लगाइयो । मेरो बारेमा कैयौं राय बनाइयो । यदि तपाइँ पर्दामा छोटो कपडा लगाउनुहुन्छ र बोल्ड सिन दिनुहुन्छ भने सोचिन्छ कि तपाइँ गिरिसकेकी युवती हो जसका कुनै नैतिकता छैन । मान्छेले उसको फाइदा उठाउन चाहन्छन् । मसँग यस्तै भयो ।’
मल्लिका अहिले आफ्नो वेब सिरिज ‘द स्टोरी’मा व्यस्त छिन् । हिसार हरियाणामा जन्मिएकी मल्लिकाको खास नाम रीमा लाम्बा हो । उनले २००३ मा फिल्म ख्याहिशबाट डेब्यू गरेकी थीन् । उनले चर्चा भने २००४ मा आएको फिल्म मर्डरबाट पाइन् ।