सेयर बजारले लियो गति ,नेप्से परिसूचक ८ अंक माथि उक्लियो

अर्थ
शेयर गर्नु होला

 

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मार्जिन कर्जाको सीमा बढाउने , बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दीने जस्ता बिषय समेटिने चर्चा बजारमा चलपछि बुधबारको सेयर बजारले गति लिएको छ ।

धेरै समयपछि लगानीकर्तालाई नेप्सेमा हरियो संकेत देखा परेको छ । बहुमतको स्थिर सरकार  पूँजी बजारमैत्री गतिबिधि बढाउन नसक्दा नेप्से परिसूचक निरन्तर ओरालो लागिरहेको थियो । पूँजी बजारमा लागको घाउको ओखति अर्को साता अौने मौद्रिक नीति मार्फत सम्बोधन हुने सूचना बाहिरिएपछि बुधबारको बजारमा त्यसको प्रभाव परेको हो ।

यसदिन कारोबारमा आएका सबै उपसूचकहरु हरियो भएपछि समग्र नेप्से परिसूचक पनि ८।०४ अंकले बढेर ११८८।४० अंकमा चढेको छ । मंगलवार पनि नेप्से ०।६५ अंकले बढेको थियो । बुधबार १६९ कम्पनीको ८ लाख ३३ हजार सेयर कित्ता सेयर २५ करोड रुपैयाँमा खरिद विक्री भएका छन् । यो रकम मंगलबारको तुलनामा ४ करोड बढी हो ।

यसदिन बीमा समूहको उपसूचक ६०।८६ अंक र होटल समूहको उप सूचक २०।८६ अंकले बढेका छन् । जलविद्युत १९।५८ अंक, विकास बैंक १३।८८ अंक, उत्पादन तथा प्रशोधन १२।८६ अंक, लघुवित्त १२।८६ अंकले बढेको छ । बाणिज्य बैंक, वित्त र अन्य उप समूहमा समान्य सुधार आएको छ ।

बुधवारको बजारमा छिमेक लघुबित्तको सबैभन्दा धेरै एक करोड १४ लाख रुपैयाँ बराबरको कारोवार भएको छ भने त्यसपछि नेशनल इन्स्योरेन्सको एक करोड १३ लाखको सेयर किनबेच भयो । नागबेली लघुवित्त, नबिल बैंक संस्थापक, र सानिमा माई हाईड्रोपावर कम्पनीके पनि एक करोड बढीको सेयर कारोबार भएको छ ।

किसान माइक्रो फाइनान्सका लगानीकर्ताले ६ प्रतिशतले नाफा कमाउँदारैराङ्ग हाइड्रोका लगानीकर्ताले भने सबैभन्दा धेरै ९।८३ प्रतिशतले गुमाएका छन् । सप्तकोशी डेभलपममेन्ट बैकको सेयरमूल्य ५।२६ प्रतिशत,अरुण भ्याली हाईड्रोपावरको ४।७९ प्रतिशत, तिनाउ विकास बैंक ४।२९ र ओरेन्टल होटल होटलको सेयरमूल्य पनि ३।९६ प्रतिशतले बढेको छ ।

उता नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयरमूल्य ३।३० प्रतिशत, कञ्चन डेभलपमेन्ट बैंक ३।२९ प्रतिशतले घटेको छ । नागबेली लघुवित्त, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ का इकाईधनी र पोखरा फाइनान्सका सेयरधनीले दुई प्रतिशत बढीले गुमाएका छन् । बुधबार समग्र बजार पूँजीकरण १४ खर्ब पाँच अर्ब रुपैयाँमा समेटिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *