काठमाडौँ । सरकारले बहुप्रतीक्षित धरहरा पुनःनिर्माण प्रक्रिया अगाडि बढाएको छ ।
धरहरा पुनःनिर्माणका लागि पाँचवटा निर्माण कम्पनीहरू प्राविधिक छनोटमा परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिनुभयो ।
धरहरा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आह्वान गरेको विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) मा छ वटा निर्माण कम्पनी प्रस्ताव पेस गरेका थिए, तीमध्ये पाँचवटा निर्माण कम्पनी छनोटमा परेका हुन् । प्राधिकरणका अनुसार, छनोट भएका कम्पनीहरूमा जेइक लामा जेभी, सीआर फाइभ सीईेस स्वच्छन्द जेभी, कुमार सीएफैइसी जेभी, जीअैइटीसी रमन जेभी र सीअैइसीओ कालिका जेभी रहेका छन् ।
प्राविधिक छनोटमा परेका कम्पनीहरूको आर्थिक प्रस्ताव असार २६ गते खोलिने जानकारी दिंदै सहसचिव मानन्धरले सबैभन्दा कम रकममा धरहरा निर्माणको प्रस्ताव गर्ने कम्पनीलाई धरहरा निर्माणको जिम्मेवारी दीने बताउनुभयो ।
धरहरा पुनःनिर्माण प्रक्रिया तीब्र रूपमा अगाडि बढिरहेको र साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनःनिर्माणको शिलान्यास गर्नु हुने कार्यक्रम तय भएको जानकारी उहाँले दिनुभयो ।
यसाघि असारको अन्तिम साता शिलान्यास कार्यक्रम तय भएको थियो । शिलान्यास भएको दुई वर्षभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने गरी प्राधिकरणले काम अगाडि बढाएको उहाँले बताउनुभयो ।