न्यूयोर्क — ग्यास स्टेसन लुट्न आएका लुटेराको आक्रमणमा परी अमेरिका को भर्जिनिया राज्यमा एक नेपालीको मृत्यु भएको छ ।
भर्जिनियाको हर्नडन सहरको फ्रयाङ्कलिन फर्ममा अवस्थित ‘सुनाको ग्यास’ स्टेसनमा बुधबार बिहान भएको घटनामा ४० वर्षिय रेशम बजगाईंको मृत्यु भएको हो । करिब नौं महिना अघि मात्र अमेरिका आएका बजगाईंका श्रीमती र पाँच वर्षीया छोरी अमेरिका मै छन् ।
अमेरिकी स्वतन्त्रता दिवस, जुलाई ४ को बिहानै घटेको सो घटनाबारे वासिङ्टन पोष्ट अनलाइनले स्थानीय फेयरफयाक्स प्रहरीलाई उदृत गर्दै दिएको जानकारी अनुसार पसल लुट्ने नियतले लुटेराले बजगारिंको टाउको गोली प्रहार गरेको हुनसक्ने अनुमान छ ।
गोरखा जिल्लाको केराबारी पुर्खाैली घर भैइ पछिल्लो समय चितवनको भरतपुर बस्दै आएका बजगाईंलाई ग्यास स्टेसनमा काम गरिरहेको अवस्थामा आक्रमणमा परेका थएि ।
प्रहरीले घटनाको लगत्तै संदिग्ध बन्दुकधारी मोहम्मद अबदुल्लाहीलाई नजिकैको पार्किङ लटबाट पक्राउ गरेको छ ।