सातै प्रदेशका प्रमुखको नियुक्ति खारेज गर्ने सरकारको निर्णय

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — बुधबार बेलुकाको मन्त्रिपरिषद निर्णयका कारण सातवटै प्रदेशका प्रदेश प्रमुखहरु पनि हट्ने भएका छन् ।

 

बुधबार बेलुकाको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गतेदेखि फागुन ३ गतेसम्म तत्कालिन सरकारले गरेका सबै प्रकारका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै प्रदेश प्रमुखहरु पनि पदमुक्त हुने भएका छन् ।

कानुनमन्त्री शेरबहादुर तामाङले भने, ‘हिजोको मन्त्रिपरिषदले तत्कालिन सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेको छ। त्यसैमा प्रदेश प्रमुखहरुको नियुक्ति पनि परेकाले उहाँहरुको हक पनि त्यो लागु हुन्छ।’

तत्कालिन देउवा सरकारले माग ३ गते प्रदेश १ का प्रमुखमा गोविन्दबहादुर तुम्बाहाङ, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई नियुक्त गर्ने निर्णय गरेको थियो।

यद्यपी नेपालको संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्थाको दफा ३ अनुसार राष्ट्रपतिले चाहेमा मात्रै पदावधि समाप्त हुनुभन्दा अगावै प्रदेश प्रमुखलाई पदमुक्त गर्न सक्ने व्यवस्था गरेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *