सरकारले घोषणा गरेको निषेधित क्षेत्रविरुद्ध सर्वाेच्चमा मुद्दा दायर

समाचार
शेयर गर्नु होला

 

काठमाडौं– सरकारले घोषणा गरेको निषेधित क्षेत्र खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा दायर भएको छ।

शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माइतीघर मण्डला लगायतका ठाउँमा प्रदर्शन गर्न नपाइने निर्णय खारेजीको माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका हुन्। उनको मुद्दामा शुक्रबार सुनवाई हुनेछ।

गृह प्रशासन सुधार योजना अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले कार्यालयले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्दै ७ स्थानलाई प्रदर्शनस्थल तोकेको छ। गृहको निर्देशनानुसार ७७ वटै जिल्लामा स्थानीय प्रशासनले निश्चित प्रदर्शन स्थल तोकेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *