सेयर बजारमा फर्कियो उत्साह, ३६ अंकले बढ्दा कारोबार रकममा उल्लेख्य सुधार

अर्थ
शेयर गर्नु होला

 

पछिल्लो समय निरन्तर ओरालो लागेर ११७९ अंकसम्म झरेको बजारमा एकाएक उत्साह देखिएको छ ।

यस साताको अन्तिम दिन बिहीबार सेयरबजार परिसूचक नेप्से तीन प्रतिशत बढीले उकालो लागेको छ भने कारोबार रकम समेत झण्डै ४७ करोड पुगेको छ ।

कारोबारमा आएका उत्पादन बाहेक सबै समूहका सूचक बढेपछि विहीबार नेप्से ३६ अंकले बढेको छ । यसदिन १६८ कम्पनीको ४६ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा २१ करोड ३८ लाख बढी हो ।

ओरालो लागेको शेयरबजारलाई राहात पुग्नेगरी आगामी मौद्रिक नीतिमा केही कार्यक्रम अौने विश्वास लगानीकर्तामा परेपछि बजारको चमक एकाएक फर्किएको हो । आगामी मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा बढाउने चर्चाले शेयरबजारमा ब्यापकता पाएको छ ।

लगानीकर्ताले ५० प्रतिशत रहेको शेयर धितो कर्जाको सीमा बढाएर ८० प्रतिशतसम्म पुर्याउनु पर्ने माग गर्दे आएका छन् । यता राष्ट्र बैंकले पनि यसलाई केही खुकुलो बनाएर ६५ देखि ७० प्रतिशतसम्म पुर्याउने चर्चा चलेको छ । ३६ अंकले बढेको बजारमा कुन कुन कम्पनीका सेयरधनीले कमाए, कसले गुमाए ? घट्दो बजारमा मार्जिन कलले पिल्सिएका लगानीकर्तालाई समेत केही राहात पुग्ने आशमा लगानीकर्ता बजारप्रति आशावादी भएका हुन् । साथै आगामी मौद्रिक नीति मार्फत नै शेयर दलाल व्यवसायी मार्फत पनि शेयर धितो कर्जा परिचालन गरिने व्यवस्था राष्ट्र बैंकले गर्ने भएपछि लगानीकर्ता थप उत्साहीत भएका हुन् ।

अर्कातर्फ चाुल आर्थिक बर्ष सकिनै लाग्दा सरकारी खर्च बढ्दै जादा बैंकहरुमा तरलताको अवस्था सहज हुँदै गएकाले पनि सेयरबजारमा सकारात्मक प्रभाव परेको हो । बैंकहरुमा निक्षेप बढ्दै गएकाले कर्जाको ब्याजदर घट्ने अनुमान पनि गरिएको छ । यस्ते घटेको बजारमा सस्तो मूल्यमा शेयर उठाउने सक्रियता बढेकाले पनि बजार सुधारीएको हो


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *