कांग्रेसको सरकारलाई चेतावनी फेरि सँगै जेल जानु नपरोस्

समाचार
शेयर गर्नु होला

 

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले शेरबहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद जितेन्द्र देवले सरकारको निर्णयको विरोध गरे । सरकारले राजनीतिक बदला लिने खोजेको र यसले द्वन्द्व बढ्ने भन्दै सचेत गराए ।
नेपालका कुनै पनि राजनीतिक परिवर्तन सम्भव नभएको भन्दै उनले भने, ‘तपाईंहरु कांग्रेसलाई पराजित गरेर एक्लै हिड्छौं भन्ने दम्भ नपाल्नुस् ।’ कांग्रेस र कम्युनिस्ट लड्दा प्रतिक्रियावादीहरुले फाइदा लिने भन्दै उनले फेरि सँगै जेल जाने परिस्थिति अौनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
उहाँले सरकारका यस्ताखाले गतिविधि लोकतन्त्रका लागि शुभसंकेत नभएको बताउँदै तत्कालीन देउवा सरकारले विधिको शासन र कानूनी राज्यको अवधारणाभित्रै रहेर नियुक्तिसम्बन्धी निर्णय गरेकाले राजनीतिक प्रतिशोधका हिसाबले उल्ट्याउने काम नगर्न आग्रह गर्नुभयो ।
सांसद देवले भन्नुभयो, “पुष्पलाल र मदन भण्डारीको सहकार्यको संस्कृतिलाई स्मरण गर्नुस्, लोकतन्त्रका लागि ठूलो योगदान दिने शक्तिबीचको मूठभेडले कसैलाई फाइदा गर्दैन । दम्भ र घमण्ड नपालौँ, नराखौँ, मुठभेडको राजनीतिक अन्त्य गरौँ ।” (रासस)

शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *