चितवन — चिकित्सा शिक्षामा सुधारको माग राखेर जुम्लामा अनशनरत डा। गोविन्द केसीको समर्थनमा शुक्रबार बिहान भरतपुर अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।
नेपाल चिकित्सक संघ चितवन शाखाको आह्वानमा उनीहरूले बिहान १० बजेदेखि १५ मिनेटसम्म प्रदर्शन गरे ।केसीका माग परा गराउन र उनको जीवन रक्षाका लाग यस्तो प्रदर्शन दिन दिनै गर्ने सचिव डा।भोजराज अधिकारीले जानकारी दिए ।
संघका केन्द्रीय सदस्य डा। कृष्ण पौडेलले केसीको माग पुरा भए सर्वसाधरण नेपालीको हित हुने र चिकित्सा क्षेत्रलाई व्यवस्थित बनाउने बताए । सरकारले ल्याएको विधेयकले चिकित्सा क्षेत्रलाई अव्यवस्थित बनाउने उनको भनाइ थियो ।
सरकारले केसीका माग नसुने संघले कडा आन्दोलन गर्ने उनले बताए । ‘आज हामी उपचारलाई प्रभावित नहुने गरेर केसीको पक्षमा उभिएका छौं ।
यो मुद्दालाई सरकारले बेलैमा सम्बोधन नगरे हामी पनि चुप लागेर बस्दैनाैं,’ चिकित्सक संघका केन्द्रीय सदस्य डा। पौडेलले भने ।