विश्वकप २०१८ : फ्रान्स र उरुग्वे बिच क्वटरफाइनल खेल सुरु

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु हुँदैछ । अहिले फ्रान्स र उरुग्वे बिच क्वटरफाइनल खेल सुरु भएको छ।

अन्तिम ८ मा रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २-१ गोल अन्तरले हारौदैँ उरुग्वे क्वटरफाइनलमा पुगेको थियो भने, मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराउदैँ फ्रान्सले अन्तिम ८ को यात्रा तया गरेको थियो ।

समूह चरणको खेलमा उरुग्वे समूह एको विजेता बन्दै प्रिक्वाटरफाईनलमा पुग्दा उसले अन्तिम आठ प्रवेशका क्रममा भने पोर्चुगल जस्तो बलियो टिमको चुनौती पन्छाएको थियो ।

उता फ्रान्स भने समूह चरणको समूह विजेता बन्दै प्री क्वाटरफाईनलमा स्थान बनाएको थियो । प्राविधिकरुपमा बलियो मानिएको टिम उरुग्वेका लागि काभानी र लुईस स्वारेजबीचको सन्तुलन बलियो पक्ष मानिएको छ । उनीसँगै टिममा गोडिन, म्यासिनो छन् ।

उता फ्रान्सका किलियन एम्बाफे भने जारी विश्वकपमा पेलेको रूपमा हेरिन थालिउेओ अद्भुत क्षमताका खेलाडी हुन् । एम्बापेसंगै ग्रीजम्यान, पोग्वा,हर्नाडेड, जिरोर्ड कान्टे जस्ता बलिया खेलाडी छन् फ्रान्ससंग । जसको कारण फ्रान्स यो विश्वकपमा धेरैको लागि उपाधि दावेदार टोली बनेको छ ।


शेयर गर्नु होला