काठमाडौँ — भ्रष्टाचारको अभियोगमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई दश वर्षको जेल सजाय दीएको छ । पाकिस्तानको एक अदालतले उनलाई लण्डनमा उनले किनेको चार वटा सुविधा सम्पन्न फल्याटसंग सम्बन्धित भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेको हो ।
अदालतले नवाज शरीफलाई १० वर्ष र मरियमलाई सात वर्षको जेल सजाय सुनाएको छ । र छोरा सफ्दर अवनलाई पनि एक वर्षको सजाय दीएको छ । नवाज सरिफले भने यसलाई राजनीति प्रेरित भनेका छन् । सरिफ र उनकी छोरी भने श्रीमती कुसुम नवाजको क्यान्सर उपचारको क्रममा बेलयातमा रहेका छन् ।
नवाजलाई ८० मिलियन र मरियमलाई २० लाख पाउण्ड जरिवाना पनि तोकेको छ । यो रकम राज्यकोषमा दाखिला हुनेछ । यो फैसलासँगै मरियम चुनाव लड्न अयोग्य भएकी छन् । पाकिस्तानमा २५ जुलाईमा चुनाव हुँदैछ र मरियम लाहोरको सिट एन १२७ बाट चुनाव लड्दै थीन् । सर्वोच्च अदालतको फैसलासँग प्रधानमन्त्री पद गुमाएका नवाज शरीफ पनि चुनाव लड्न पाउँदैनन् ।
नौ महिलासम्म चलेको सुनुवाइपछि अदालतले लण्डनस्थित एभेनफिल्ड अपार्टमेन्ट पनि जफत गर्न आदेश दिएको छ । यो भवन नवाज परिवारको सम्पत्तिमा रहेको मानिएको थियो र यही कारण भ्रष्टाचारको मुद्दा चलेको थियो ।
नवाज सरिफले भने यसलाई राजनीति प्रेरित भनेका छन् ।
उनको पार्टी मुस्लिम लिग (नवाज) का नेता तारिक फजल चौधरीले यो फैसलाविरुद्ध कानुनी उपचार खोज्ने बताए ।