काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु भएको छ।। अहिले फ्रान्स र उरुग्वे बिच क्वटरफाइनल खेल सम्पन भएको छ। आज भएको पहेलो क्वाटरफाइनल खेल मा फ्रान्सले उरुग्वे लाइ २-० हराएको छ।यो जित सङै फ्रान्स सेमिफाइनल मा पुग्ने पहिलो देश बनेको छ।
खेल को पहिलो हाफ सम्म को खेल सम्पन हुदा पहिलो हाफ मा फ्रान्सले उरुग्वे बिरुद् १-० ले अग्रता लिएकोथियो । खेल को ४० औ मिनेटमा फ्रान्स का लागि भरानि ले पहिलो गोल गरेका थिए ।
फ्रान्स का लागि दोस्रो गोल ग्रिजमयानले खेल को ६२ औ मिनेट मा गरे का हुन्।एन्टोनियो ग्रिजम्यानले पोष्ट भन्दा २५ यार्ड टाढाबाट बायाँ खुट्टाले प्रहार गरेको बल उरुग्वेका गोलरक्षक मुस्लेराले ग्रिपमा लिन नसक्दा फ्रान्स खेलमा २–० ले अगाडि भएको हो ।