मौरिससमा विद्यार्थी लाइ एनओसी दिन बन्द ,विद्यार्थी पठाउन रोक

फोटो फिचर समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मौरिससमा पढ्न जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन रोक लगाएको छ ।

दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयको सुझावमा मन्त्रालयले अनुमतिपत्र दिन रोकेको हो ।
दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर अध्ययनका लागि मौरिसस पुगेका विद्यार्थी पटकपटक अलपत्र परेर उद्धार गर्नुपरेको जानकारी गराएको थियो ।

परराष्ट्रको पत्रमा काम गर्दै पढ्ने सर्तमा नेपाली विद्यार्थी त्यहाँ पुगे पनि त्यस्तो वातावरण नभएको उल्लेख छ । ‘काम गरे पनि पारिश्रमिकले विश्वविद्यालयको शुल्क र खाने व्यवस्था गर्न कठिन हुने देखिएको छ,’ पत्रमा छ ।

धेरै नेपाली विद्यार्थी डिप्रेसनको सिकार हुने गरेकाले नपठाउने निर्णय लिएका हौं ।’ पराराष्ट्र मन्त्रालयका उपसचिव प्रकाशमणि पौडेलले दूतावासलाई उद्धृत गर्दै पढाइ छाडेर काम मात्रै गर्ने विद्यार्थीको बिचल्ली हुने गरेको बताए ।
पूर्ण छात्रवृत्तिमा पढ्न जाने विद्यार्थीलाई भने अनुमति नरोकिने शिक्षा मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले दक्षिण कोरिया र अस्ट्ेरलियामा अध्ययन गर्न जाने नेपाली विद्यार्थी डिप्रेसनको सिकार हुने गरेको भन्दै शिक्षा मन्त्रालयलाई आवश्यक पहलका लागि पत्राचार गरेको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *