आईजीपी सर्वेन्द्र खनाल निर्मला पन्त को घर मा, भने अपराधिलाई कुनैपनि हालतमा नछोडिने

फोटो फिचर समाचार
शेयर गर्नु होला

 

कन्चन्पुर  –  आज एक महिना भन्दा पनि बढी भैसकेको छ १३ वर्षीया बालिका निर्मला पन्त को बलात्कार पछि हत्या भएको, तर आज को दिन सम्मपनि उक्त घटना कस्ले गरयो, अपराधी कोहो भन्ने कुरा को पत्ता लगेको छैन। सरकार् द्वारा उच्च तह को छानबिन आयोग पनि गठन गरिएको छ। उक्त घटना सङ सम्बन्धित् सबै कुरा हरुलाई छानबिन को दायरा मा राखी छानबिन चलिरहेको छ।

राष्ट्रिय मानवअधिकार आयोगले शुक्रबारदेखि मगेन्द्रनगर मा सुरु गर्न लागेको ‘महिला हिंसा न्यूनीकरण एवं मानव अधिकार संरक्षणमा नेपाल प्रहरीको भूमिका विषयक राष्ट्रिय अभियान’ मा सहभागी हुन आईजीपी खनाल कन्चन्पुर् पुगेका थीए। राष्ट्रिय मानवअधिकार आयोगले अभियानको शुरुवात कन्चन्पुर बाट गर्दैछ।

निर्मला पन्त हत्या प्रकरण मा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) हिजो बीहिबार निर्मला पन्त को घर मा पुगेका थीए। त्यहा आईजीपी खनाल ले निर्मला का परिवार संग भेट गरेका थिए। त्यसको साथै उक्त घटना भएको ठाउ मा पनि पुगेका थीए। आईजीपी खनाल ले निर्मला का परिवार्ला ई भेटि उनि हरुलाई आश्वाशन दीएका थीए।

आईजीपी खनाल संग भेट्दा निर्मला का परिवार ले आईजीपी खनाल संग आफ्नो चिन्ता ब्यक्त गरेका थीए। परिवार ले आईजीपी खनाल लाई घट्ना भएको महिना भन्दा पनि बढी भैइसकेको र अहिले सम्म पनि कुनै कुरा को खुलाशा नभएको दुख पोखेका थीए। त्यसको  जवफ मा आईजीपी खनाल ले उक्त छानबिन मा समय लागे पनी उक्त घटना घटाउने चाहे जोकोहि होस् उक्त अपराधी लाई कुनै पनि हालत मा कानुन् को दायरा मा ल्याई कारबाही गरि छाडने प्रतिवद्धता जनाए।

हुनत उक्त घटना को छानबीन मा अहिले निकै समय लागि सकेको छ र अहिले सम्म कुनै ठोस् सबुत या कुनै अपराध् सम्बन्धी पत्ता लागेको छैन तर अनुसन्धान आयोग र नेपाल् प्रहरि ले मिलेर पक्कै पनि निर्मला पन्त को हत्यारा लाई जसरि , जाहा भए पनि, जो भए पनि खोजेर निकाल्नेछ भन्ने हामि लाई आशा छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *