अमेरिका को सिनसिनाटी शहर मा फेरि गोली चल्यो, हमलावर सहित ४ जना को मृत्‍यु

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार

ओहायो – अमेरिका मा एस्तो घटना बेला बेला मा घटि राखदछ। त्यस्तै  खाल को घटना मा धेरै नेपालि हरु को पनि ज्यान गएको हामि सबै लाई थाहा छ। हालै मात्र अमेरिका को एउटा शहर को ठुलो बिल्डिङ् मा त्यो बेला भागदौड मचियो , जब त्यहा एउटा ब्यक्ती ले अंधाधुंध फायरिंग गरेको थियो। उक्त घटना मा तीन जना मानिश् हरुको ज्यान् गएको छ र उक्त घटना को संदिग्ध हमलावर पनि मारीएको खबर् छ। उक्त घटना एउटा बैंक मा भएको थियो।

घटना ओहायो को सिनसिनाटी शहर को रहेको छ, जहां गोली चल्दा हमलावर सहित चार जना मानिश हरुको मृत्‍यु भएको छ, जबकि पांच जना मानिश हरु गंभीर रूप मा घाईते भएका छन्।

सिनसिनाटी प्रहरी विभाग ले उक्त घटना को संबंध मा ट्वीट गरेर भनेको छ कि यो हमला मा पांच जना घाईते भएका छन्, जबकि तीन जना को मृत्‍यु भएको छ। संदिग्ध हमलावर पनि उक्त घटना मा मारीएको छ।

समाचार एजेंसि हरुका अनुसार् उक्त घटना ३० तल को बिल्डिङ् मा भएको थियो। उक्त ठुलो बिल्डिङ् मा फिफ्थ थर्ड बैंक र अन्य कार्यालय हरु रहेका छन्। प्रहरी ले  भनेको छ की बंदूकधारी हमलावर गोली बर्साउदै बैंक को लबी मा पसेको थियो।
जबकी यो घटना मा अहिले सम्म यो कुरा पक्का भएको छैन की उक्त बंदूकधारी हमलावर ले आफै लाई गोली हिर्कायो या प्रहरी को गोलि बाट मृत्‍यु भयो। हमलावर को सनाखत भएको छ र उक्त हमलावर २९ वर्षीय ओहायो निवासी प्रेज भनीएका छन्।

उक्त घटना पछी पुरै बिल्डिङ् मा डर् र अशान्ती को माहोल् छएको छ। प्रहरी ले सबै शव हरु लाई आफ्नो कब्जा मा लीएर पोस्टमार्टम का लागी पठाएको छ। उक्त घटना को अहिले छानबीन चलिरहेको जानकारि आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *