भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धि जसरी आए त्यसरी नै फर्किए

फोटो फिचर समाचार
शेयर गर्नु होला

 

काठमाडौं – निकै बिबादका बिच राहुल गान्धि आफ्नो धार्मिक यात्रा पुरा गरेर दिल्ली फर्केका छन् । कैलास मानसरोबरको धर्मिक धार्मिक यात्रामा निस्केका राहुलको यो यात्राको निकै चर्चा परिचर्चा भयो।

कहिले राजनितिक स्वार्थको लागि गरिएको धार्मिक यात्रा भनियो भने कहिले उनले धार्मिक यात्रामा ननभेज खाना खाएको भनेर पनि आलोचित बन्न पुगे।यो सबै बिबादका बिच उनि आफ्नो यात्रा पुरा गरेर दिल्ली फर्केका छन्।

तीर्थाटनका लागि भदौ १५ मा काठमाडौं हुँदै ल्हासा पुगेका भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक सातापछि  अाइतबार सुटुक्क काठमाडौं भएर दिल्ली फर्केका हुन।

उनी अैतबार दिउँसो करिब साढे दुई बजेको इन्डिगो एयरलाइन्सको उडानबाट दिल्ली फर्केका हुन् । उनी आठ रात तिब्बतमा बसेर नेपाल फर्केका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार अध्यक्ष राहुल अाइतबार बिहान ल्हासाबाट काठमाडौं आएका थिए । उनले पशुपतिनाथ मन्दिर दर्शन गरे कि गरेनन् भन्ने पुष्टि हुन सकेको छैन । तर पशुपतिनाथ मन्दिर दर्शन गर्ने उनको पूर्ववत योजना रहेको थियो ।

दुई जना बेलायती पासपोर्टधारी भारतीय मूलका साथीसहित गान्धी दिल्ली फर्केका हुन् । उनी फर्केको थाहा पाएपछि एयर इन्डिगोका भारतीय यात्रीले तस्बिर खिचाएका थिए । गान्धी इन्डिगोको ६ इ ३२ उडानबाट अपरान्ह ३ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल दिल्ली अवतरण गरेका थिए । सर्वसाधारण नागरिक सरह उनले यात्रा गरेका थिए ।

यसाघि भदौ १५ गते काठमाडौं आएका राहुल २२ घण्टापछि १६ गते दिउँसो तिब्बतको ल्हासा गएका थिए । उनी एयर चाइनाको नियमीत उडानबाट ल्हासा उडेका हुन् । ल्हासा हुँदै कैलाश मानसरोवर पुगेर उनले भगवान शिवको दर्शन गरेका थिए । कैलाश दर्शनका तस्बिर उनको आधिकारिक ट्विटर एकाउन्टबाट सार्वजनिक भैसकेको छ ।

उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको साधारण प्रवेशबाट अध्यागमन जाँच गराएर गएका थिए । नितान्त धार्मिक भ्रमणमा आएका उनी आएर तिब्बत गएको धेरैले थाहा पाएनन् । सोहीअनुसार उनी साधारण नागरिकको हैसियतमा सुटुक्क दिल्ली फर्केका छन् ।

अध्यागमन कार्यालय विमानस्थल स्रोतका अनुसार राहुल डी ११२६६५० नम्बरको कूटनीतिक राहदानीमा आएका थिए । उनको राहदानी अगस्ट २९ मा राहदानी जारी भएको छ । २०१९ मे ३१ सम्म राहदानीको म्याद छ । राहदानीमा उनको जन्म मिति सन् १९७० जुन १९ तथा जन्मस्थान नयाँ दिल्ली उल्लेख छ । राहुल १५ भदौमा इन्डिगो एयरको उडानबाट अपरान्ह पौने २ बजे काठमाडौं विमानस्थलमा ओर्लेका थिए ।

उनी होटल ¥याडिसनमा बसेका थिए । काठमाडौं आएको साँझ उनले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा नेवारी खाजा खाएका थिए । काठमाडौंका एक रैथाने मित्रसँग उनले खाजा खाएका थिए । शुक्रबार राति उनी काठमाडौंका एक स्थानीय मारवाडी व्यवसायीसँग बौद्धनाथ स्तुपा घुमघाम गरेका थिए । उनी राति पाटन र स्वयम्भु पनि पुगेका थिए । बौद्ध स्तुपामा गान्धीले आफ्ना साथी र परिवारसँग तस्बिर खिचाएका थिए ।

राहुलले शाकाहारी भोजन खाएको कि मांसाहारी भन्ने बहस भारतीय टिभीमा भैरहेको छ । कर्नाटक चुनावताका वैशाख अन्तिम साता गान्धी हवाई दुर्घटनाबाट बालबाल बचेका बेला कैलाश मानसरोवर जाने भाकल गरेका थिए । भाकल पूरा गरेर उनी फर्केका हुन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *