आज का (मङलबार) पत्र-पत्रीका हरु का मुख्य समाचार हरु जस्ता को त्यस्तै (As Published in Todays News Papers)

फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

प्रदेशको माग- प्रहरी र प्रशासन तत्काल देऊ

काठमाडौँ — प्रदेश सरकारहरूले आफ्नो क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको भएकाले प्रशासन र प्रहरी आफू मातहत हुनुपर्ने माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयलाई प्रदेशप्रति उत्तरदायी बनाइनुपर्ने, नभए प्रदेशले जिल्लामा छुट्टै प्रशासनिक कार्यालय स्थापना गर्न पाउनुपर्ने माग पनि उनीहरूको छ ।

संघ (केन्द्र) सरकारले प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयजस्ता दैनिक प्रशासन र सुरक्षा कार्यान्वयनका इकाईहरूलाई आफू मातहत नै राखेको छ । प्रदेश सरकारले प्रदेश प्रहरीको परिचालनको जिम्मा पनि यथाशीघ्र आफूले पाउनुपर्ने माग गरेको छ ।

भदौ २१ गते पोखरामा सम्पन्न मुख्यमन्त्रीहरूको भेलाले प्रमुख जिल्ला अधिकारी र सुरक्षाको निकायको ‘चेन अफ कमान्ड’ प्रदेश सरकार मातहत आउनुपर्ने निष्कर्ष निकाल्दै त्यसअनुसारको व्यवस्था मिलाउन केन्द्र सरकारलाई आग्रह गरेको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन यस्तो मन्त्रालय हो, जसको मातहतमा एउटा पनि निकाय/कार्यालय राखिएको छैन । प्रदेशभित्रको आन्तरिक प्रशासन तथा सुरक्षा हेर्ने जिम्मेवारी रहेको उक्त मन्त्रालय यतिबेला सबैभन्दा निरीह देखिन्छ । जबकि शक्ति अभ्यासका हिसाबले प्रशासन र सुरक्षा हेर्ने मन्त्रालय सबैभन्दा आकर्षक मानिन्छ । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट प्रदेशका मन्त्रीहरू नमस्कार र सलाम त पाउँछन् । तर, तिनले निर्देशन भने दिन पाउँदैनन् ।

प्रदेशभित्र आइपर्ने शान्ति सुरक्षा खललको अवस्था वा दैवी प्रकोप जस्तो अवस्थामा प्रदेश सरकारले त्यहाँ रहेका सुरक्षा निकायलाई अह्रन खटन गर्न पाएका छैनन् । त्यस्तै समान खालका समस्याहरूलाई हेर्दै मुख्यमन्त्रीहरूको पोखरा भेलाले नागरिकता, राहदानी वितरण र सीमा सुरक्षासम्बन्धी संघीय सरकारको काम र बाँकी अर्ध न्यायिक, आन्तरिक प्रशासन, शान्ति सुरक्षाका कामहरू प्रदेश सरकारको निर्देशनमा रहेर प्रमुख जिल्ला अधिकारीले गर्नुपर्ने व्यवस्था मिलाउन संघ सरकारलाई आग्रह गरेको छ । ……………( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

सन्दीप अफगान प्रिमियर लिगमा

काठमाडौँ — नेपाली युवा स्टार सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा खेल्ने भएका छन् । सोमबार यूएईको दुबईमा भएको ड्राफ्टमा सन्दीपलाई ५ मध्ये एक फ्रेन्चाइज टोली नान्गरहरले एसोसिएट खेलाडीका रूपमा लिएको थियो ।

सन्दीपको नाम सिल्भर खेलाडीमा रहे पनि त्यसमा उनीमाथि भाउ लागेको थिएन । त्यसपछि आएको एसोसिएटको सूचीमा उनलाई रायन टेन डेस्काथेपछि दोस्रो नम्बरमा ५ सेकेन्डभित्र लिइएको थियो । एसोसिएट खेलाडीका रूपमा खेल्न लागेकाले सन्दीपले १५ हजार डलर पारिश्रमिक पाउने छन् ।

सन्दीपले आफ्नो एजेन्टमार्फत एपीएलमा दर्ता गरेका थिए । एपीएलको ड्राफ्टमा पर्नका लागि एजेन्ट वा सम्बन्धित देशको बोर्डको सिफारिस लिनुपर्ने हुन्छ । नेपालका कप्तान पारस खडा र अर्का अलराउन्डर सोमपाल कामी पनि सोमबारको ड्राफ्टमा रहेका थिए । तर दुवै खेलाडीमा भाउ लागेन । सन्दीपले चौथो फ्रेन्चाइज लिग खेल्न लागेका हुन् ।

नेदरल्यान्ड्सका डेस्काथेलाई बाल्खले लिएको छ । यूएईका तीव्र बलर मोहम्मद नावेदलाई कान्दहरले, स्कटल्यान्डका कालुम म्याकलोइडलाई पाकटिआले र मोहम्मद अस्घर होटाकलाई काबुलले लिएको हो । अक्टोबर ५ देखि २१ सम्म यूएईको शारजहाँमा हुने एपीएलमा यिनै ५ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दै छन् । ...( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

सचिव र सहसचिवको विदेश मोह: कोही लण्डन, कोही भारत !

काठमाडौं : खानेपानी सचिव गजेन्द्र ठाकुर मन्त्रिपरिषद्को अनुमति नै नलिई निजी कम्पनीको निमन्त्रणमा बेलायतको लण्डन हिंडे। उनले लण्डन जानुअघि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए, खानेपानी मन्त्री बिना मगरको अनुमतिले। तर मन्त्रिपरिषदले स्वीकृत गरेन।

सचिव ठाकुर यही भदौ १९ गतेदेखि सातदिने यात्रा टुंग्याएर मन्त्रालयमा हाजिर भए।

मन्त्रिपरिषद्ले ठाकुरको विदेश यात्रालाई अस्वीकार गरेपछि उनले अफ्नो हाजिर कपीमा ‘भैपरी आउने र पर्व’ बिदा लिएको जनाएका छन्।

रातो पासपोर्ट लिएर लण्डन गएका सचिव ठाकुरले भैपरी र पर्व बिदा लिए। मन्त्रिपरिषद्ले उनको यात्रा अस्वीकार गरे पनि उनले आपैmले आप्mनो बिदा स्वीकृत गराउन बाध्य भए।

निजामतीमा विभागीय प्रमुखले आप्mनो भैपरी तथा पर्व बिदा आपैmले स्वीकृत गर्न पाउँछ। तर सचिव ठाकुरले रातो पासपोर्टको बेइज्जत गरेको टिप्पणी मन्त्रालयमा यतिखेर व्याप्त छ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालालाई बिदा स्वीकृत नगराई क्यानडा जान लागेको भन्दै विमानस्थलबाटै अपहरण शैलीमा पक्राउ गरी प्रधानमन्त्री निवास बालुवाटार पुर्‍याएको थियो।

कुरा यत्तिकैमा सकिंदैन। सचिव नै अनुमति नलिई विदेश गएपछि उनकै सिको गर्दै मन्त्रालयका पाँच, पाँच सहसचिव एकै पटक ओम शान्तिको यात्रामा भारत हिंडेका छन्। सचिव ठाकुर लण्डनबाट नफर्कंदै उनीहरु ओमशान्ति गएका हुन्।

खानेपानी मन्त्री बिना मगरले सोमबार मन्त्रालयमा आयोजित साप्ताहिक बैठकमा ‘जनताले महसुस गर्ने गरी कामको नतिजा निकाल्न’ मातहतका विभागीय प्रमुखलाई निर्देशन दिएका बेला मातहतका पाँच, पाँच सहसचिव एक सातादेखि अनुुपस्थित थिए।

‘सचिवै अनुमति नलिई विदेएिपछि पाँच, पाँच सहसचिव एकैपटक ओम शान्ति यात्रामा, अनुशासन कसले सिकाउने ?’ मन्त्रीले निर्देशन दिएपछि मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसित भने।

बाह« दिने लामो यात्रामा भारतको माउन्ट अबुस्थित ओम शान्ति पुगेका मन्त्रालयका सहसचिवमा खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्य कँडेल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आशिष घिमिरे, खानेपानी विभागका प्रशासन हेर्ने उपहानिर्देशक मनोज घिमिरे, खानेपानी विभाग अन्तर्गतको सहलगानी खानेपानी आयोजना प्रमुख विद्या भट्टराई र मन्त्रालयका योजना महाशाखाका सहसचिव ज्योतिकुमार श्रेष्ठ छन्।  …….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post)

 

नवनियुक्त प्रधानन्यायाधीशलाई सर्वोच्चमा जोशीले गरे स्वागत

काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सोमबार साँझ पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएर प्रधानन्यायाधीश मिश्रले सोमबार नै पदभार ग्रहण गरेका हुन्। संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकार गरिएका न्यायाधीश दीपकराज जोशीले नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत गरेका छन्।

प्रधानन्यायाधीशमा नियुक्त मिश्रले न्यायमा जनआस्था बढाउन न्यायाधीशको सम्पत्ति छानबिन, भ्रष्टाचार र विचौलिया नियन्त्रणसहितका बिषयलाई प्राथमिकताका साथ उठाएका छन्।

मिश्रले संसदीय सुनुवाइकाक्रममा अदालतमा राजनीतिक प्रभाव महशुस नगरेको बताएका थिए। राष्ट्रपतिबाट नियुक्ती र शपथपछि मिश्रले सोमबार सर्वोच्च अदालतमा पदभार समालेका हुन्। पदबहाली अघि उनलाई सर्वोच्चमा स्वागत गरिएको थियो। पदबहालीपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै मिश्रले सबै न्यायाधीशबीच भाइचाराको सम्बन्ध कायम गर्ने बताए।

भ्रष्टाचार नियन्त्रण र विचौलिया रोक्न लागिपर्ने उनको भनाइ छ। ‘विचौलिया देखाइदिनू, म कारवाही गर्छु,’ मिश्रले भने। सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका मिश्रले आउँदो पुस १७ गते अवकाश पाउनेछन्। …….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )

हिमाली क्षेत्रमा बहुआयामिक सम्बन्ध विस्तार गर्नु दुई देशको साझा लक्ष्य – सभामुख

काठमाडौँ, भदौ २५ गते । सभामुख कृष्णबहादुर महराले चीनले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) अभियान अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुङ्गा भएको बताउनुभएको छ ।

चीन तिब्बत पर्यटन र सांस्कृतिक एक्सपोअन्तर्गत आज ल्हासामा आयोजित ‘ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’लाई सम्बोधन गर्नुहुँदै सभामुख महराले ‘बिआरआइ’ले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको क्षेत्रमा अनेकौ अवसर सिर्जना गरेको बताउनुभएको हो ।

बिआरआईमार्फत् हिमाली क्षेत्रबीच बहुआयामिक सम्बन्ध विस्तार गर्न नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य रहेको उहाँको भनाइ थियो ।

‘हिमाली क्षेत्रबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य हो । जसले दुबै देशमा व्यापार र व्यवसायका धेरै अवसर सिर्जना गर्नेछ’, उहाँले भन्नुभयो, “चीनको औद्योगिक विकास, प्रविधि विकास, व्यावसायिकता र विशाल आन्तरिक बजार तथा नेपालको प्रचुर प्राकृतिक स्रोत, भौगोलिक सामिप्यताको फाइदा आदिले मूल्य शृृङ्खला र आर्थिक वृद्धिबीच सामञ्जस्यता ल्याउनेछ ।”

बिआरआइले पूर्वाधार र संरचना विकासमा ध्यान केन्द्रित गरेको भन्दै सभामुख महराले सीमा क्षेत्रमा पूर्वाधार विकास गर्ने पक्ष नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको लागि ज्यादै महत्वपूर्ण भएको बताउनुभयो ।

नेपाल लामो समयको राजनीतिक सङ्घर्षपछि शान्ति तथा सामाजिक आर्थिक विकासको नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै सभामुख महराले आर्थिक विकास र जनताको समृद्धि नै नेपालको एक मात्र राष्ट्रिय कार्यसूचि भएकोले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

‘अहिले हाम्रो एकमात्र राष्ट्रिय कार्यसूचि भनेको देशको आर्थिक विकास र जनताको समृद्धि हो’, सभामुख महराले भन्नुभयो, “पूर्वाधार विकास, जलविद्युत, होटेल व्यवसाय, सूचना तथा सञ्चार र स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रमा लगानीको राम्रो सम्भावना छ र चिनियाँ लगानीकर्ताको लागि हाम्रा नीतिहरु लगानीमैत्री छन् । त्यसैले नेपालमा लगानी गर्न म चिनियाँ लगानीकर्तालाई विशेष आग्रह गर्दछु ।”

तिब्बतमा भएको अभूतपूर्व आर्थिक विकास तथा सामाजिक सांस्कृतिक विकासले नेपालमा पनि अवसरको ढोका खोल्ने भन्दै उहाँले चीनले दुई दशकमा सफलतापूर्वक सञ्चालन गरेको किङ्गहाइ–तिब्बत रेलवे परियोजनाले नेपाल र चीनलाई रेलले जोड्न सक्ने प्रविधिको विकास गरेकोमा आफू विश्वस्त भएको बताउनुभयो ।(रासस) ……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)

 

सुन तस्करीका अभियुक्त सार्वजनिक

गोरखा, भदौ २५ गते । अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेकोे सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७ स्थायी घर भएका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डुटुप लामा र सोही ठाउँका २८ वर्षीय लोप्चन तेन्वे रहेका छन् । गत शनिबार जिल्लाको तिब्बतसँग जोडिएको उत्तरी क्षेत्र सिर्दिबासको फिलिमस्थित प्रहरीको चोकपोस्ट अगाडि जाँचका क्रममा अवैध सुनसहित उनीहरु पक्राउ परेका थिए ।

ऊनीको गलबन्दीभित्र पाँच किलो सुनराखी बाहिरबाट सिलाइ कम्मरमा पेटी जस्तो बनाई ल्याएको अवस्थामा प्रहरीले लामालाई पक्राउ गरेको हो । लामाको साथबाट थप कानमा लगाउने कन्दरा सात तोला बराबरको दुई थान, टप एक तोला बराबरको दुई थान बरामद भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेका तेन्वेले भने पछाडि बोक्ने रातो रङको झोलामा राखेर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो । तिब्बतको जोङ्ग भन्ने स्थानबाट चिनजानका च्याङ्चीन भन्ने चिनियाँ नागरिकले काठमाडाँै पु¥याइदिनु भनी सुन पठाएको अभियुक्तले बताएको प्रहरीको भनाइ छ ।

“अभियुक्त दुई जनाको फोन नम्बर राखी काठमाडौँ जानु त्यहाँ पुगेपछि फोन गर्ने व्यक्तिलाई दिनु भनेर सुन बोकाएर पठाएको पाइयो”, प्रहरी प्रमुख बस्नेतले भन्नुभयो, “निजहरुलाई सुन पु¥याएबापत रु ५० हजार दिने सहमति रहेको बुझियो ।” उनीहरुले चुमनुव्री गाउँपालिका वडा नं ७ को सिर्दिबासस्थित स्यात्ला नाकाबाट हुँदै तिब्बतबाट अवैध सुन भित्र्याएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो ।……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )

 

असन्तुष्ट र द्वन्द्वरत समूहलाई वार्ताको आह्वान

सरकारी राजनीतिक वार्ता टोलीले असन्तुष्ट र द्वन्द्वरत सम्पूर्ण पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । सरकारद्वारा गठित अधिकार सम्पन्न वार्ता टोलीले सोमबार पत्रकार सम्मेलन गरी वार्तामा आउन आह्वान गरेको हो ।

असन्तुष्ट र द्वन्द्वरत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतदेखि जयकृष्ण गोइतलगायतका असन्तुष्ट समूहसँग वार्ता गर्न सरकारले गत ८ भदौमा अधिकारसम्पन्न राजनीतिक वार्ता टोली गठन गरेको थियो ।

‘हामीले असन्तुष्ट र द्वन्द्वरत समूहलाई वार्तामा आउन औपचारिक आह्वान गरेका छौँ,’ वार्ता टोलीका संयोजक सांसद सोमप्रसाद पाण्डेले नयाँ पत्रिकासँग भने, ‘सम्पर्कमा रहेका सबै समूहलाई अब औपचारिक पत्र पनि पठाएर वार्ता अघि बढाउँछौँ, हामी काठमाडौंसहित नेपालको जुनसुकै भूभागमा वार्ताका लागि तयारी अवस्थामा छौँ ।’ टोलीलाई विगतको वार्तामा मूलधारमा आउन छुटेका सशस्त्र समूह र द्वन्द्वरत समूहसँग सरकारको तर्फबाट वार्ता गर्ने म्यान्डेट दिइएको छ ।

त्यस्तै, संक्रमणकालीन परिवेशमा मधेस आन्दोलनलगायत अन्य आन्दोलन र सरोकारवालासँग वार्ता गरी सहमति, सम्झौता, समझदारीका विषयमा अध्ययन विश्लेषण गरी कार्यान्वयनका लागि आवश्यक सुझाब दिने म्यान्डेट पनि छ । अहिलेसम्म २३ वटा असन्तुष्ट र द्वन्द्वरत समूहको पहिचान भइसकेको र तीमध्ये चार समूह अनौपचारिक वार्तामा रहेको वार्ता टोलीले जानकारी दिएको छ ।.…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ। / published in Todays Naya Patrika)

नेपालको परराष्ट्र नीति सञ्चालन बेढंगी : राप्रपा प्रजातान्त्रिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले भारतमा हुने भनिएको बिमस्टेक सैन्य अभ्यास सम्बन्धमा नेपाल सरकारबाट एक हप्ताको अवधिमा आएका चारथरीका नीतिगत अवधारणाप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीको सोमबार बसेको कार्यसम्पादन समिति बैठकले सरकारका परस्परविपरीत अवधारणाले नेपालको परराष्ट्र नीति सञ्चालनमा अत्यन्त बेढंगी र अपरिपक्व तौरतरिका चलिरहेको देखिएको निष्कर्ष निकालेको छ । सरकारका त्यस्ता गतिविधिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल लज्जित हुन सक्ने भन्दै प्रस्ट पार्न आग्रह गरिएको छ ।

शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्नै लाग्दा अहिलेसम्म रोल्पालगायत धेरै जिल्लाका द्वन्द्वपीडितले राज्यद्वारा राहत तथा क्षतिपूर्ति पाउन नसकेको तथा क्षतिपूर्ति प्रदान गर्ने कार्य पूर्वाग्रही एवं पक्षपातपूर्ण भएको प्रवक्ता राजेन्द्र गुरुङले निकालेको विज्ञप्तिमा उल्लेख छ ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika )


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *