चलचित्र ‘छक्का पन्जा ३’ को दोस्रो गीत सार्वजनिक , नेपाल अाइडल बाट चम्केका निशानको स्वर (भिडियो)

फोटो फिचर मनोरञ्जन समाचार
शेयर गर्नु होला

काठमाडौं  । पहिलो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईले छक्का पञ्जा ३ को गीत गाएका छन् । फिल्मको दोस्रो गीतको रुपमा आइतबार ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’ बोलको गीत र भिडियो सार्वजनिक भएको हो।’गीतमा निशान भट्टराईसँगै र एन्जिला रेग्मीको स्वर रहेको छ ।

 

यस अघि छक्का पञ्जा ३ को गीत ‘पहिलो नम्बरमा’ एक महिना अघि नै सार्वजनिक भइसकेको छ । जुन गित निकै लोकप्रिय पनि भैसकेको छ। ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’ अर्जुन पोखरेल र दीपकराज गिरीको रचना रहेको गीतमा अर्जुन पोखरेलले सङ्गीत गरेका छन भने गीतको एरेन्जर महाराज थापा रहेका छन् ।

कविराज गहतराजले कोरियाग्राफी गरेको भिडियोमा दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङको अभिनय देख्न सकिन्छ। केही महिनाअघि सार्वजनिक गरिएको निशानको एकल स्वरमा रहेको ‘भुन्टी’ बोलको गीत निकै लोकप्रिय बनिरहेको छ।

नेपाल आइडलबाट थुप्रैको मन जित्न सफल निशान भट्टराई सफलताको सिँढी चढिरहेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *