बुधबार सेयर बजारमा लगानीकर्ताको मनै प्रफुल्ल हुने गरि नेप्समा दोब्बरले बढोत्तरी

अर्थ फोटो फिचर
शेयर गर्नु होला

 

काठमान्डु – यस साता दुई दिन घटेर मंगलबारदेखि बजार बढ्न थालेको थियाे । नेप्से मंगलबारको तुलनामा बुधबार दोब्बरले बढेको छ ।

बुधबार नेप्से सूचक १३.०६ अंकले बढेर १२३०.७१ अंकमा बन्द भएकाे छ । मंगलबार नेप्से ६.७७ अंकले बढेको थियो ।
बुधबार १६५ कम्पनीका १३ लाख ९३ हजार ६४९ कित्ता सेयर ४३ करोड २९ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् । नेप्से बढेसँगै कारोबार रकम १० करोड रुपैयाँले बढाेत्तरी भएको छ ।

मंगलबार ३३ करोडको कारोबार भएको थियो । यसदिन शिर्ष कारोबार भएका दशवटै कम्पनीको एक करोड २८ लाख बढीको सेयर काराेबार भएको छ ।एनआईसी एशिया बैंकको सबैभन्दा बढी चार करोड ८९ लाखको कारोबार भएको छ ।

ग्लोबल आईएमई बैंकको तीन ६९ लाख, एनएमबि बैंक दुई करोड ९६ लाख, प्रभु बैंक दुई करोड ११ लाख, स्वावलम्बन लघुवित्तको एक करोड ६६ लाखकाे काराेबार भयाे । त्यसैगरि कुमारी बैंकको एक करोड ४७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक एक करोड ३८ लाख, नेपाल बैंक एक करोड ३० लाख, नेपाल टेलिकमको एक करोड २९ लाख र दशौं ठूलो कारोबार भएको प्राइम बैंकको एक करोड २८ लाख बढीको सेयर खरिद बिक्री भएको छ ।

बुधबारको बजारमा साना तथा मझौला कम्पनीहरुको सेयरमूल्य बढेको छ । गत अार्थिक बर्षकाे नाफाबाट आजै ६ प्रतिशत बोनस घोषणा गरेको रिडी हाइड्रोको सेयरमूल्य सबैभन्दा धेरै ५.२६ प्रतिशतले बढेको छ भने मल्टीपर्पस फाइनान्सले पनि रिडीको उचाईलाई पच्छाएको छ ।

प्रभु बैंक, एनाअीसी एशिया, स्वावलम्बन लघुवित्त, राष्ट्रिय बीमा कम्पनी र हिमालयन पावर पार्टनर कम्पनीको सेयरधनीले ४ प्रतिशत बढीले नाफा कमाएका छन् । उता आईसीएफसी फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी ५.७८ प्रतिशतले अवमूल्यन भएको छ ।

लक्ष्मी भ्यालू फण्ड १ को इकाई,स्वदेशी लघुवित्त, सिटी एक्सप्रेस फाइनान्स, र गोर्खाज फाइनान्सको सेयरमूल्य ३ प्रतिशत बढीले घटेको छ । कारोबारमा आएका दश उप समूहमध्ये सात समूहमा हरियाली छाएको छ भने तीन घटेको छ । मध्ये होटल, फाइनान्स र उत्पादन तथा प्रशोधनको सूचाङ्क सामान्य घटेको छ भने निर्जीवन बीमा, लघुवित्त, विकास बैंक, बैंकिङ्ग, अन्य जलविद्युत र जीवन बीमाको सूचाङ्क बढेको हो । उत्पादन तथा प्रशोधनमा सबैभन्दा धेरै २.६८ अंकले घटेको छ भने निर्जीवन बीमाको सूचाङ्क सबै भन्दा धेरै ११३.५२ अंकले बढेको छ ।

 

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *