निर्मला हत्याबारे यथार्थ जानकारी गराउन सभामुखकाे रुलिङ,हत्याबारे गृहमन्त्रीले संसदमा जवाफ दिने, कांग्रेसको अवरोध हट्यो

फोटो फिचर समाचार

 

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याबारे गृहमन्त्रीले भोलि संसदमा जवाफ दिने सरकारको प्रतिबद्धतापछि संसदको अवरोध हटेको छ । बिहीबार प्रमुख विपक्षी कांग्रेसले निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या र पत्रकार पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरेको थियो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे संसदलाई यथार्थ जानकारी गराउन सभामुख कृष्णबहादुर महराले सरकारलाई रुलिङ गर्नुभएकाे छ ।

 

अाज (बिहीबार) बसेकाे प्रतिनिधिसभा बैठकमा सभामुख महराले हत्याबारे सत्यतथ्य संसदलार्इ जानकारी गराउन सरकारलार्इ रुलिङ गर्नुभएकाे हाे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्मला हत्या प्रकरणबारे निश्पक्ष छानबिनकाे माग गर्दै सदन नै अवरुद्ध पारेकाे छ । उसले रोल्पामा भएकाे तरुण दलका नगर अध्यक्षको हत्या तथा पत्रकार पक्राउको विषयमा समेत प्रधानमन्त्री र सरकारको जवाफ माग गर्दै संसद अवरुद्ध पारेको हाे ।

कांग्रेसले निर्मलाको बलात्कारपछि भएकाे हत्यामा संलग्न दोषीलाई सरकारले नै संरक्षण गरिरहेकाे अाराेप समेत लगाएकाे छ । साे घटनामा कांग्रे‍सले सत्यतथ्य जानकारी माग गरेपछि सभामुखले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदै रुलिङ गर्नुभएकाे हाे ।

बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका सांसद दीलेन्द्र बडूले कञ्चनपुर घटना झनपछि झन रहस्यमय बन्दै गएको बताउनुभएकाे थियाे । घटनाबारे सरकारकाे तर्फबाट स्पष्ट जानकारी नआएसम्म सदन चल्न नदिने उहाँकाे भनाइ थियाे । का‌ंग्रेसका सांसदहरु उभिएर विरोध जनाएपछि बैठक दश मिनेटका लागि स्थगित भएको थियाे ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *