के तपाईँलाई योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ ? छ भने पढौ

फोटो फिचर स्वास्थ्य
शेयर गर्नु होला

 

काठमाडौँ –  के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ । यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ । यस्तो समस्या भएमा हेलचक्ताइँ नगरी चिकित्सक कहाँ उपचारका लागि जानु आवश्यक छ ।

पिसाब सङ्क्रमण मिर्गौलाबाट पिसाबको थैली हुँदै पिसाबको नलीबाट बाहिर निस्कदै जुनसुकै ठाउँमा किटाणुले हुने सङ्क्रमण हो । शिक्षण अस्पताल महाराजगञ्जका युरोलोजिष्ट प्रा डा उत्तम शर्मा यौन अङ्गको सरसफाइ वा शरीरको कुनै भागमा भएको सङ्क्रमण रगतको नलीबाट त्यहाँ पुगेर पनि पिसाब सङ्क्रमण हुने बताउनुहुन्छ ।

पिसाब अाउने बाटो मिर्गौला, पिसाबको थैली, पिसाबको नली पिसाब अौने बाटोमा कुनै पनि समस्या भयो वा अवरोध भएमा पिसाब जमेर सङ्क्रमण हुने उहाँको भनाइ छ । विभिन्न अवरोधका कारण पिसाब सजिलै बाहिर जान पाएन भने सङ्क्रमण हुन्छ ।

पिसाब सङ्क्रमण सबै उमेर समूहका मानिसलाई हुनसक्ने चिकित्सकहरु बताउँछन् । पुरुषमा पिसाब थैलीबाट पिसाब फर्केर माथि जान्छ, पिसाब राम्ररी निखरेको छैन वा पिसाब नली साँघुरो छ भने पनि सङ्क्रमण हुन सक्छ ।

डा. शर्माले भन्नुभयो, “वृद्ध पुरुषहरुमा हुने प्रोस्टेट ग्रन्थीको कारणले पिसाब नलीलाई साँघुरो बनाउदै लैजाँदा पिसाब सङ्क्रमण हुने धेरै सम्भावना रहन्छ ।” तुलनात्मक रुपमा हेर्ने हो भने पुरुषलाई भन्दा महिलालाई पिसाबको सङ्क्रमण बढी हुने गर्छ ।

महिलाहरुको पिसाब नली सानो हुन्छ भने पुरुषको नली लामो हुने भएकाले बाहिरी सङ्क्रमण पुरुषलाई कम हुने चिकित्सकको भनाइ छ । स्त्रीरोग विशेषज्ञ डा अचला वैद्यले पिसाब नली, महिनावारी हुने नली र दिसा गर्ने नली सँगसँगै हुने भएकाले बाहिरी सङ्क्रमण छिटो हुने सम्भावना रहने बताउनुभयो ।

फोहोर चर्पी प्रयोग गर्दा, भित्री कपडा, महिनावारीमा प्रयोग कपडा पनि सफा नभएमा पिसाबसम्बन्धी सङ्क्रमण हुने चिकित्सकको भनाइ छ । पर्याप्त पानी पिउने, योनी सफा राख्ने, पिसाबलाई धेरै समय नरोक्ने, चिलाउने, पोल्ने समस्या भएमा चिकित्सकलाई देखाउने गर्नुपर्छ । (रासस)


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *