बिश्वो को सबै भन्दा ठुलो अन्लाईन पसल अमेजॉन का सीईओ जेफ बेजोस ले गरीब हरुको सहायता का लागी २ अरब डॉलर (करीब १४,५०० करोड़ रुपया) दान गर्ने निर्णय लिएका छन। उन्ले परोपकार का लागी एउटा कोश को शुरुआत गरेका छन जस द्वारा बेघर परिवार हरु र गरीब बच्चा हरुको सहयोग गरिनेछ।
उक्त कोश दुउी भाग मा विभाजित हुनेछ-डे १ फ्यामिलीज फंड र डे १ एकेडमीज फंड। उक्त कोश को शुरुआत को घिश्णा गर्दै आफै बेजोस ले ट्वीट मा भने, ‘बेजोस डे वन फंड को घोषणा गर्दै हामी लाई धेरै हर्ष को अनुभुती हुदैछ। यस्को शुरुआत मा नै २ अरब डलर दीने बाचा गरेका छौ र यस्मा दुउी वोटा मुख्य क्षेत्त्र हरुमा फोकस गरीनेछ: हाल बहाली रहेका च्यारिटी संस्था हरुको सहयोग गर्नु र कमजोर आय वर्ग का लागी टियर वन प्री-स्कूल को नेटवर्क तैयार गर्नु।’
बेजोस ले भने डे १ फैमिलीज फंड द्वारा सामाजिक कार्य हरुमा आब्द्द संस्था हरु, नागरिक संगठन हरु लाई बर्षेनी अवॉर्ड पनी दीईनेछ। डे १ एकेडमीज फंड द्वारा एउटा उच्च स्तरीय, पूर्ण छात्रब्रिती मोन्टेसरी आधारित प्री-स्कूलों को नेटवर्क स्थापना गरीने,छ।
अमेजन का सीईओ को कुल संपत्ति १६० अरब डलर भन्दा पनी अधिक रहेको छ। फोर्ब्स का अनुसार बेजोस बिश्वो का सबै भन्दा धनी व्यक्ति हुन।
यस भन्द पहीले अमेरिका का माइक्रोसॉफ्ट का संस्थापक बिल गेट्स ले अरबौ डलर दान गरेका थीए। उन्मे मेलिंडा ऐंड गेट्स फाउंडेशन को स्थापना गरेका थीए र उक्त लाई २७ अरब डलर दान गरेका थीए। अमेरिका का नै दिग्गज निवेशक वारेन बफे ले पनी २१।५ अरब डलर को संपत्ति परोपकार सेवा मा लगाएका छन।