निर्मलाका बाआमाले प्रधानमन्त्री भेटेर सोधे ‘हामीले न्याय पाउने कि नपाउने ?’

फोटो फिचर समाचार
शेयर गर्नु होला

 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा र यस प्रकरणका अन्य दोषिलाई उम्कन नदिने बताएका छन्।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छोरीको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

अधिकारकर्मीहरुसहित निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज बालुवाटार पुगेका थिए । भेटमा आमा दुर्गादेवीले घटना विवरण सुनाइन् । कञ्चनपुरमा आन्दोलन हुँदा समेत न्याय नपाएकाले काठमाडौं आउनु परेेको उनले बताइन् । उनले भनिन्, ‘हामीले न्याय पाउने कि नपाउने ?’

जवाफमा प्रधानमन्त्री ओलीले भने आफूले घटनालाई ढाकछोप गर्न नखोजेको स्पष्टीकरण दिएका छन् । घटनामा संलग्नहरुलाई कारबाही गर्न टोली खटाएको भन्दै उनले भने, ‘निर्मला हाम्री पनि छोरी हुन् । भोलि अरुलाई यस्तो नहोस् ।’

निर्मला पन्तका परिवार सहित सुदूर पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद तथा अधिकारकर्मीहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले घटनाको अनुसन्धानमा सरकार गम्भीर रहेकाले दोषी जो सुकै भएपनि न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे।

उनले घटनाको सत्य तथ्य पत्ता लगाउन शक्तिशाली छानबिन समिति गठन भैसकेको बताउँदै दोषीलाई कानुनको कठघरामा ल्याएरै छोड्ने बताए। त्यस अवसरमा निर्मलाका अभिभावकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ‘हामीले न्याय कहिले पाउँछौं, न्याय पाउँछाै‌ कि पाउँदैनौ? भनेर सोधेका थिए।

भेटमा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने भीम रावल, लेखराज भट्ट, दिलेन्द्र प्रसाद बडु, एनपी साउद, बिना मगर, निरु पाल लगायतका नेताहरु र अधिकारकर्मी सहभागी थिए।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *