संसदमा पनि अरिङगाल प्रवेश !

फोटो फिचर समाचार
शेयर गर्नु होला

 

काठमाडौ– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुलाई प्रतिवाद गर्न अरिङगालजस्तो क्षमता देखाउन पार्टी पङतिलाई निर्देशन दिएको विषयले संसदमा पनि प्रवेश पाएको छ।

सोमबार प्रतिनिधि सभाकोे बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले प्रधानमन्त्री ओलीको उक्त अभिब्यक्ति प्रति आपत्ति जनाएका छन्। सांसद मिनाक्षी झाले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संगठित अपराधलाई प्रेरित गर्ने खालको भन्दै सो अभिव्यक्ति खेद पूर्ण रहेको बताइन्।‘देशभर हत्या हिँसाको घटना बढीरहेका छन्, प्रतिपक्षी र सत्तापक्षीय समेत आलोचना गरेका छन्,’ उनले भनिन्, ‘आलोचनबाट सरकार सुधारको बाटोमा जानुपर्नेमा आलोचना गर्ने विरुद्ध अरिंगालजस्तै बन्नुस भन्नु खेदपूर्ण छ।’

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले ओलीको अभिब्यक्ति अपत्तिजनक रहेको भन्दै सो अभिव्यक्तिले जनता आतंकित भएको बताए। निर्मला पन्तको नक्कली होइन सक्कली अपराधी पत्ता लगाउ भन्नु गलत थियो?’उनले प्रस्न गरे, ‘३३ किलो सुन गायब किन भयो, खोइ ठूलामाछा भन्नु गलत थियो?’ केसीले विपक्षी विरुद्ध अरिंगालझै जाइलाग्नु भन्नेअभिब्यक्तिबारे जवाफ दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

सुन्य समयमै सांसद मिना पाण्डेले प्रधामन्त्रीको उक्त अभिव्यक्ति कसका लागि लक्षित हो भन्ने स्पस्ट पार्न माग गरिन। ‘प्रतिपक्ष वा अन्य कुनै तप्काका लागि लक्षित हो उत्तर दिनुहोस,’ उनले भनिन्। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गत शनिबार पार्टी मूख्यालयमा धुम्बाराहीमा अयोजित स्व पोष्ट बहादुर बोगटीको चौथो स्मृति सभामा यस्तो अभिव्यक्ति दिएका थिए।

ओलीले पार्टीविरुद्ध हुने चलखेल परास्त गर्न कार्यकर्ता पङतिमा अरिंगालको जस्तो प्रतिरोध गर्ने क्षमता खाई भन्दैअभिब्यक्ति दिएका थिए।नागरिक न्युज

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *