काठमाडौं-
लगातार चार कार्यदिनसम्म बढेको शेयर बजारमा ५ औ दिनमा तिब्र उतार चढावसँगै झिनो अंकले घटेको छ लगातार बढेको बजारमा झिनाे करेक्सन हुँदा नेप्से स्थिर देखिएको छ भने कारोबारको उत्साह भने कायम नै रहेको छ ।
सोमबार कारोबार सुरु हुने वित्तीकै केहि सुधार देखिएको भए पनि ३७ मिनेटसम्ममा ९ अंकले घटेको थियो। त्यसपछि एक घण्टा दुरि मिनेटमा ९ अंकको वाउन्स व्याक हुँदै तिव्र उतार चढावका विचमा ६८ करोड ७६ लाख रुपैयाँको कारोबार भएर रोकिएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार सूचक ०.१३ अंकको झिनो गिरावट सहित १२५६.४० बिन्दुमा बन्द भएको छ । १६७ कम्पनीका २४ लाख २५ हजार ३०३ कित्ता सेयर ६८ करोड ७६ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । समग्र बजार पूँजीकरण १४ खर्ब ९६ अर्बमा समेटिएको छ ।
पछिल्ला दिनमा वाणिज्य बैंक समूहमा लगानीकर्ता झुम्मिने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । शिर्ष कारोबार भएका दश कम्पनीमा नेपाल इन्स्योरेन्स कम्पनी बाहेक सबै वाणिज्य बैंकको नै रहेका छन् । सोमबारको बजारमा केही लगानीकर्ता निर्जीवन बीमा कम्पनीतर्फ समेत आकर्षित भएका छन् ।
जसले निर्जीवन बीमाको इन्डेक्स ३ प्रतिशत बढेर ८ करोड ९८ लाखको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै ग्लोबल अैएमैइ बैंकको ५ लाख १७ हजार ८२६ कित्ता संस्थापक सेयर ९ करोड २६ लाख रुपैयाँको खरिद बिक्री भएको छ । यो कूल बैंकिङ्गमा भएको कारोबार (३३ करोड २१ लाख रुपैयाँ) को करिब २८ प्रतिशत हो ।
दोस्रो ठूलो कारोबार भएको एनएमबि बैंकको ६ करोड २१ लाखको सेयर कारोबार भएको छ । प्रभु बेंक २ करोड ९१ लाख, नेपाल बैंक २ करोड ४५ लाख, कुमारी २ करोड २१ लाख, जनता २ करोड १६ लाख, एनाअीसी एशिया २ करोड १५ लाखकाे काराेबार भयाे। त्यसैगरि एनसीसी बैंककाे १ करोड ७५ लाख, नेपाल इन्स्योरेन्स एक करोड ५७ लाखर मेगा बैंकको १ करोड ५४ लाखको सेयर खरिद बिक्री भयो ।
लाभांश घोषणा गर्नेक्रम चलिरहँदा बजारमा लगानीकर्ता सक्रिय हुन थालेपछि शेयर बजारको चमक भने कायम नै रहेको छ । बजार खुलेदेखि नै कहिले बढ्ने त कहिले घट्ने गरेको नेप्से सामान्य करेक्सन भएर एक अंकभन्दा कम घटेर बजार बन्द भएको छ ।
सोमबार कारोबारमा आएका उप समुहका मिश्रित देखिएका छन् । वाणिज्य बैंक सहित होटल, विकास बैंक, जलविद्युत, वित्त र अन्य गरि ६ वटा इन्डेक्स एक प्रतिशत भन्दा कम घटेका छन् । निर्जीवन बीमा सबैभन्दा धेरै ३.४८ अर्थात २०३.४६ अंकले बढेको छ भने जीवन बीमा, व्यापार,उत्पादन तथा प्रशोधन र लघुवित्तको इन्डेक्स् बढेका छन् ।
सोमबारको बजारमा साना तथा मझौला कम्पनीका सेयरधनीले कमाएका छन् । भार्गव विकास बैंकको सेयरमूल्य सबैभन्दा बढी ९।४२ प्रतिशतले बढेको छ भने प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, साल्ट ट्रेडिङ्ग, तिनाउ विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र बोटलर्स नेपालका सेयरधनीले साढे ४ प्रतिशत बढीले नाफा आर्जन गरेका छन् । एक्सेल डेक्सलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ४.२९ प्रतिशतले अवमूल्यन भएको छ भने युनाइटेड मोदी हाइड्रोपावर र मिर्मिरे लघुवित्तका सेयरधनीले पनि ३ प्रतिशत बढीले गुमाए ।
कन्काइ विकास बैंक, स्वदेशी लघुवित्त, रिडी, नेशनल हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, र सर्पोट माइक्रोफाइनान्सको सेयरधनी पनि गुमाउने सूचीमा अटाएका छन् । यी सबै कम्पनीको सेयरमूल्यमा २ प्रतिशत बढीले ह्रास आएको छ ।