६५ वर्षका भजन गायककी २८ वर्षकी हट गर्लफ्रेन्ड ! देखेर सबै चकित

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

 

मुम्बैई-  सलमान खानको चर्चित शो ‘बिगबोस १२’ सुरु भएको छ ।शोको पहिलो दिन मै जे देखियो त्यसले सलमान सहित सबै दर्सक चकित भए। सबै दर्सकलाइ चकित बनाउने कुरा थियो एउटा प्रतियोगि जोडी।

शोमा यसपटक ६५ वर्षका भजन गायक अनुप जलोटा आएका छन् । अनुप जलोट आफ्नो भजन गायकि को लागि बिश्व प्रख्यात छन्। खास कुरा त के भने शोमा उनकी जोडी निकै कम उमेरकी युवती बन्दैछिन् ।

उनकी पार्टनर जसलिन मथारु मात्रै २८ वर्षकी छिन् र यी दुईको उमेरमा ३७ वर्षको अन्तर छ । जसलिन पनि पेशाले गायिका तथा अभिनेत्री हुन् । जसलिनले २०१३ मा ‘द डर्टी रिलेशन’बाट डेब्यू गरेकी थीन् ।

जसलिन मुम्बैमा जन्मिएकी हुन् । उनको परिवारको पुख्र्यौली थलो भने लुधियाना हो । ११ वर्षको उमेरमै जसलिनले शास्त्रीय र पश्चिमी संगीत सिक्न सुरु गरेकी थीन् ।

१६ वर्षको उमेरमा उनले अन्तर कलेज प्रतियोगितामा उत्कृष्ट महिला गायिकाको पुरस्कार जितेकी थीन् । जसलिनले मिका सिंह, सुखविंदर सिंह, अंअजद खानजस्ता चर्चित गायकसँग कैयौं स्टेज शो गरेकी छिन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *