काठमाडौं- बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोप निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै बोद्यी श्रवण धर्म संघले खण्डन गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलन गर्दै संघले यस्तो खण्डन गरेको हो । संघका सह–सचिव केवल लामाको नाममा संले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बोधी श्रवण धर्म संघ गुरुज्यूमाथि एकजना आनी धर्मशीलपालना गर्न आपूम्लाई कृतसंकल्पित राख्न नसकेर गुरु आश्रम (मैत्री काजुक्पा)बाट बाहिरनुपरेको पीडामा खेल्दै केही कुतत्वहरुले उहाँलाई हतियार बनाएर जुन बलात्कार जस्तो जघन्य आरोप लगाउने कोशिस भएको छ, त्यो सत्प्रतिशत कपोलकल्पित, झुटो र महान गुरुज्यूबाट कल्पनासम्म नहुने विषय भएकोले बोधी श्रवण धर्म संघ केन्द्रीय कार्यालय त्यस कुकृत्यको भत्र्सना र खण्डन गर्दछ ।’
संघका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले गुरुमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको बताउँदै उनले कपोकल्पित र झुठो आरोपको सरकारले खोजबिन गर्नुपर्ने बताए । उनले भने,‘गुरुमाथि लागेको आरोपको सरकारले छानबिन गर्नुपर्छ । जसले जे आरोप लगाएपनि सत्यको जित हुन्छ ।’ उनले मानव अधिकारको नाममा गुरुमाथि यस्तो आरोप लगाएर अंानवीय काम गरिएको आरोप लगाए । उनले यस्तो निराधार आरोप लगाएर देशी तथा विदेशी तत्वहरुले नेपालमा धार्मिक सद्भाव खलबलाउन खोजिरहेको बताउँदै यसतर्फ सरकारको गम्भिर ध्यानाकार्षण हुनुपर्ने पनि बताए ।
संघले जारी गरेको विज्ञप्तीमा थप भनिएको छ,‘अहिले नेपालमा जुन किसिमले अस्थिरता पैम्लाउने प्रपञ्चहरु चलिरहेको यस नाजुक सेरोफेरोमा नेपाली मात्रले गर्व गर्न पाएको बोधी श्रवण धर्मसंघ गुरुज्यूको जन्म र सो ज्ञानमार्ग कठीन तपमार्पम्त प्राप्त भूमि भएको यस महान अवशरलाई नजरान्दाज गर्दै यसस्वी गुरुप्रति हिलो छ्याप्ने दुष्प्रयासले थप अस्थिरता भड्काउने, बढाउने कुत्सित चाल बाहेक अरु केही नभएको कुरा यो बोधी श्रवण धर्मसंघ प्रष्ट गर्न चाहन्छ र सरकारलाई यसबाट भड्कन सक्ने साम्प्रदायिकताप्रति सजग, सचेत रहन र जिम्मेवारी वहन गर्न समेत आग्रह गर्दछ ।’
संघका पूर्व अध्यक्ष कमानसिंह लामाले गुरुमाथि आरोप लगाउने गंगा मोक्तानलाई आर्थिक हिनामिना गरेको आरोपमा संघले कारबाही गरेको स्मरण गराएका थिए । उनले थपे,‘धार्मिक भेटी र चन्दाबाट संकलित ८ लाख रुपमा हरायो । हराएको ८ लाख पैसाको खोजी हुँदा गंगा मोक्तानलगायत अन्य ८ जनालाई संघले धार्मिक कारबाही गरेको थियो । त्यतिवेला गंगाका बुवा गुरुकामा आत्मा रणे मोक्तानलेनै छोरीको सुटकेशमा ६ लाख पैसा रैछ भनेर हामीलाई खबर गर्नुभएको थियो । उहाँले नै आग्रह गरेपछि हामीले चोरीको मुद्दा चलाएनौं । त्यतिबेला हामीले कागजपनि गरेका थियौं ।’
त्यस्तै कार्यक्रममा बलात्कारको आरोप लगाउने गंगा मोक्तानका बुवा माआत्मा गुरु मार्ग गुरु रणे मोक्तानले छोरीले गुरु बम्जनमाथि लगाएको आरोप झुठो र कपोकल्पित भएको स्पष्ट पारे । उनले भने,‘गुरुमाथि यस्तो झुठो आरोप लगाउनु गलत हो । मेरो छोरी भएपनि उहाँपनि गुरुमार्ग आनी भएर बस्नुभएको थियो । उहाँलाई कसले उचालेको छ ? किन यस्तो असत्य कुरा बोल्दै हुनुहुन्छ ? उहाँले लगाएका आरोप सत्य होईनन् ।’