फ्लु प्रकोपमा यी ५ गल्ती नगर्नुस्

फोटो फिचर स्वास्थ्य
शेयर गर्नु होला

 

१-  सामान्य रुघा खोकी भनेर बेवास्ता नगरौं। विशेष गरेर श्वास प्रश्वाशमा पनि अबरोध देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क राख्नु पर्दछ। त्यो सेभेर अक्युट रेस्पिरेटोरी इन्फेकसन पनि हुनसक्दछ।

२-  बृद्ध-बृद्धा खासगरी ६५ वर्ष माथिकाहरु संक्रमित भए तुरुन्त स्वास्थकर्मीसंग आवश्यक परामर्श लिनु पर्दछ। उनीहरुमा फ्लु भाइरसको कारणले छिटो–छिटो स्वास्थमा जटिलटाहरु देखिन सक्दछ।

 

३-  बृद्ध-बृद्धा श्वासप्रश्वास र अरु दीर्घ रोगीहरु बिशेष गरेर अस्पताल भर्ना वा आइसीयुसम्म पुग्ने गरेको देखिन्छ। त्यसको एुटा प्रमुख कारण भनेको परिवारका कोही युवा सदस्य वा छिमेकी कसैले रुघाखोकी भनेको सामान्य हो र घरमै आराम गरेर स्वास्थमा सुधार भएको सुनाउने र त्यही तरिका अपनाउँदा तीव्र गतिमा निमोनिया भएको वा मृत्यु हुने गरेकोले मेरो वर्षौको अनुभव छ। तसर्थ जति सक्दो चाडो चिकित्सकसँग सल्लाह लिन जरुरी हुन्छ।

४-  प्राय सबै रुघा खोकी लागेकाहरुले तातो पानी मात्र अत्यधिक मात्रामा लिएको देखिन्छ। यसले शरीरलाई जल बियोजन (डिहाइसन) हुनबाट बच्न सहयोगी हुने भएता पनि शरीरलाई रोग प्रतिरोधात्मक विकास गर्न भने पर्याप्त नहुन सक्दछ। तसर्थ झोलिलो खानेकुराले र पर्याप्त आरामले स्वास्थमा सुधार ल्याउन विशेष भूमिका खेल्न सक्दछ।

५-  फ्लु प्रकोप भैरहेको समयमा पनि मानिसहरु फ्लुको लक्षणहरु देखिएको दुरि हप्ता भन्दा बढी समय पछि मात्र चिकित्सकहरुको सम्पर्कमा अौने गर्दछन्। यसले गर्दा आफू युवा र पहिले स्वस्थ भएको भएता पनि यसबाट हुने सक्ने बिभिन्न स्वस्थ जटिलताहरु अाउन सक्दछ।स्रोत स्वास्थ खबर् पत्रिका


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *