आफूभन्दा झन्डै तेब्बर उमेरका छिमेकी को प्रेम प्रस्ताव अस्विकार्दा एसिड

फोटो फिचर समाचार
शेयर गर्नु होला

 

रौतहट — प्रेम प्रस्ताव अस्वीकार गर्दा चन्द्रपुर ६ की १८ वर्षीया सम्झनाकुमारी दास एसिडको सिकार बन्न पुगेकी छन्  आफूभन्दा झन्डै तेब्बर उमेरका छिमेकी ५० वर्षीय रामबाबु पासवानले पटकपटक प्रेम प्रस्ताव राखे पनि उनले अस्वीकार गर्दै आएकी थीइन् ।

आफ्नो बुबाभन्दा निकै जेठो छिमेकीको यस्तो हरकतबारे सम्झनाले अभिभावकबीच कुरा राख्न नपाउँदै भदौ २६ गते राति एसिड आक्रमणबाट गम्भीर घाइते बनिन् । उनी अहिले कीर्तिपुर अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेकी छन् । पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पासवान र सम्झनाको घर आमनेसामने छ । छिमेकीको नाताले उनको गिद्धे नजर परेको सम्झनाले थाहा नै पाइनन् । घटनाको राति सम्झना र बहिनी सुस्मिता निदाएको मौका छोपी एसिड प्रहार गरिएको थियो । अनुहार र शरीरमा एसिड परेपछि उनीहरू चिच्याएका थिए ।

घटनास्थलमा पासवान सबैभन्दा पहिला पुगेका थिए । ‘छोरीलाई पटकपटक फोन गरेर पासवानले जहाँ मन लाग्यो त्यहीं बोलाउँथ्यो,’ बुवा जादोलाल भन्छन्, ‘असल छिमेकी भनेको त पापी पो परेछ । छोरीले पासवानको प्रेम प्रस्ताव अस्वीकार गर्दा तेजाव प्रहार गर्‍यो ।’ सम्झनाले पासवानको एकतर्फी प्रेमबारे सबै बताएकी छन् । उनले विवाह नै गर्छु भनेर फकाउने गरेको, घरीघरी फोन गरेर हैरान पार्ने, घरमा आएर तनाव दिने गरेको सम्झनाले बुवासित भनेकी छन् ।

एसिड प्रहारबाट सख्त घाइतेमध्ये सम्झनाको अवस्था गम्भीर छ । बहिनी सुस्मिता खतरामुक्त छिन् । दुवैको उपचार राजधानीस्थित कीर्तिपुर अस्पतालमा भैरहेको छ । घाइतेका साथ लागेर पासवान काठमाडौंसम्म पुगेका थिए । छिमेकीको नाताले उनीमाथि कसैले शंका गरेनन् । अपराध लुकाउन उनी कुरुवासमेत बसे ।

प्रहरीले सम्झनाको कल डिटेल्स निकालेर अनुसन्धान थाल्यो । ‘एक महिनामा झन्डै २ सय कल पासवानले फोन गरेको देखिन्छ,’ जिल्ला प्रहरी प्रमुख केदार ढकालले भने, ‘कल डिटेल्स, पीडितका बुवाको किटान जाहेरी र सम्झनाको बयानका आधारमा पासवानलाई पक्राउ गरेका हौं ।’ पासवानको हातमा एसिड परेर कालो भएको छ । प्रहरीले त्यसलाई पनि प्रमाणको आधार मान्यो ।  उनीमाथि पीडितले किटान जाहेरी दीसकेका छन् ।स्रोत कान्तिपुर


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *