पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलार्इ राहात, तत्काल रिहा गर्न उच्च अदालतको आदेश

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार
शेयर गर्नु होला

 

इस्लामावाद — भ्रष्टाचार अभियोगमा जेल परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई तत्काल रिहा गर्न इस्लामावादस्थित उच्च अदालतले आदेश दिएको छ । सरिफ र उनका छोरी-ज्वाईंलाई तल्लो अदालतले दिएको सजाय पनि स्थगित गरिएको छ ।

सरिफलाई लगाइेका आरोपहरु पुष्टि हुन नसकेको बताउँदै अदालतले उनीहरुलाई तत्कालका लागि रिहा गर्न आदेश दिएको हो। इस्लामावाद अदालतले लण्डनमा रहेका सम्पत्ति सरिफसँग सम्बन्धित भएको प्रमाण नदेखिएको जनाएको छ ।

इस्लामावाद उच्च अदालतले १० वर्ष जेल सजाय सुनाइेका सरिफसँगै उनकी छोरी मर्याम र ज्वाँि मोहम्मद सफदारलाई भ्रष्टाचारको अभियोगमा सुनाइेको सजाय रद्द गर्दै थुनामुक्त गर्न आदेश दिएको हो। सरिफ र उनका छोरी ज्वाँिलाई यसै वर्षको जुलाईमा एक अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो । पाकिस्तानमा यसै वर्ष सम्पन्न आम चुनाव अघि उनलाई दोषि ठहर गर्दै जेल पठाइेको थियो।

इस्लामावाद अदालतले लण्डनमा रहेका सम्पत्ति सरिफसँग सम्बन्धित भएको प्रमाण नदेखिएको जनाएको छ ।
यसविरुद्ध सरिफ परिवारले इस्लामावाद उच्च अदालतमा पुनरावेदन दिएका थिए ।नवाज सरिफ, उनकी छोरी मार्याम र क्याप्टेनका रूपमा सेवा निवृत्त भएका ज्वाइँ सफदार विरुद्धको एभेनफिल्ड अपार्टमेन्ट केसमा भ्रष्टाचारी ठहर गरिएकाे थियाे।

जसानुसार सरिफलाई ८० लाख पाउन्ड स्ट्रलिङ र दश बर्षको जेल सजाय सुनाइेको थियो। सोही मुद्दामा सरिफकी छोरी मार्यामलाई सात बर्ष जेल सजाय र २० लाख पाउन्ड स्ट्रलिङ जरिवानको फैसला भएको थियो। सफदारलाई भने एक बर्षको जेल सजाय तोकिएपनि कुनै जरिवाना तोकिएको थिएन।

भ्रष्टाचारको आरोप लागेपछि सरिफले गत वर्ष सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *