सुनसरी — भारतीय सिमानामा पर्ने सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारमा बिहीबार बिहान एक विद्यालयका ब्यवस्थापन समिति अध्यक्षकाे गाेली प्रहार गरी हत्या गरिएकाे छ ।
बिहान सवा ११ बजेतिर माेटरसाइकलमा अाएका दुईजनाकाे समूहले रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेका हुन् ।
विद्यालयको बैठक सकेर घर फर्कनेक्रममा भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा आएका दुई भारतीय नागरिकहरुले खर्सिदको टाउको र छातीमा गोली प्रहार गरेका थिए। उनलाई गोलीप्रहार गरेकाे स्थानस्कुलबाट एक सय मिटर टाढा पर्छ। बाटोमा हिँडिरहेका बेला खुर्सिदलाई छाती र टाउकोमा गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।
गोली प्रहार गरी भाग्दै गरेको उक्त समुहलाई सिमा क्षेत्रमा नेपाली प्रहरी बलले रोक्ने प्रयास गरेपछि प्रहरीमाथि पनि गोली प्रहार भएको थियो। गोली लागेर एक जना प्रहरी घाइते भएका छन्। मृतक अन्सारीको शव आफन्तलाई जिम्मा दिने तयारी गरेको छ भने घाइते प्रहरी पौडेललाई उपचारकालागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घुस्कीबाट तीन किलोमिटरको दुरीमा रहेको खुला सिमाना हुँदै ती दुई भारतीय नागरिक फरार भएकाहुन। गोली प्रहारको कारण बारे केही खुलेको छैन।