फेरी इन्धन अभाव को स्थिती ले गर्दा सर्बसाधाहरण हरु मार मा

फोटो फिचर समाचार
शेयर गर्नु होला

 

राजधानी  : हुन त नेपाल मा इन्धन अभाव भएको यो पहिलो चोटि होइन र नेपाली जनता का लागी कुनै नया कुरा पनि हैन तर  पनी  नियमित ढुवानीमा अवरोध गर्दा राजधानीमा इन्धन अभाव सुरु भएको छ। केही ट्यांकर चालकको उक्साहटमा नेपाल आयल निगम सम्बद्ध ढुुवानीकर्ताले नियमित ढुवानीमा अवरोध गर्दा राजधानीमा इन्धन अभाव सुरु भएको छ। ढुवानीकर्ताले मंगलबारदेखि ट्यांकर सञ्चालनम अवरोध गरेपछि इन्धन अभाव सुरु भएको हो।

यो विषयमा नेपाल आयल निगमले गम्भीर ध्यानाकर्षण भएको बताए पनि सरोकारवालाले निगमलाई जानकारी नै नगरी इन्धन आयतमा अवरोध गरेका हुन्। ‘यातायातक्षेत्रमा सञ्चालिनन केही सवारी साधनका चालकको उक्साहटमा निगम सम्बन्ध ढुवानीकर्ता तथा चालकले असोज २ गतेदेखि पेट्रोलियम पदार्थको नियमित ढुवानीका कार्यमा समेत व्यवधान खडा गर्ने दुस्प्रयास गरेकोप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ’, निगमले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘सम्पूर्ण ढुवानीकर्ता तथा चालकले अाअफ्नो ट्यांकर पूर्णरुपले सञ्चालन गरी आम उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष्य रुपले प्रभाव पार्ने अत्यवश्यक पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज राख्न यो सूचना जारी गरिएको छ’, निगमले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ , ‘अन्यथा पेट्रोलियम पदार्थको आपूर्तिमा प्रतिकुल प्रभाव पर्ने गरी पिडिओ नलिने,आईओसीमा लोड लिन नजाने, डिपोमा लोड लिएर आउने, विक्री वितरणमा सहयोग नगर्ने लगायत कार्य गरेको पाइेमा सम्बद्ध सबै पक्षलाई निगमको विनियमावली बमोजिम दायित्व पूरा नगरेको मानी ढुवानी सम्झौता रद्ध गरी खारेज गर्नेसम्ममको कडा कारबाही गरिने ब्यहोरा जानकारी गराइन्छ ।’

चालक र ढुवानीकर्ताले दुई दिनदेखि भारतबाट नेपालमा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धन अभाव देखिएको हो। चालक र ढुवानीकर्ताको अवरोधले देखिएको इन्धन अभावको समस्या समाधानका विषयमा आयल निगममा अहिले छलफल भैरहेको प्रवक्ता वीरेन्द्रकुमार गोइतको भनाइ छ।

‘निगमलाई जानकारी नै नगराई चालक र ढुवानीकर्ताले इन्धन आयतमा अवरोध गरेका छन्। यसले राजधानीमा इन्धन अभाव सुरु भैसकेको छ’, गोइतले भने, ‘यसै विषयको समाधानका लागि अहिले निगममा छलफल भैराखेको छ।’

केही समयाघि मात्र निगमको ढुवानी सम्झौतमा रहेका ट्यांकका चालकले उठाएका मागको निगमले सम्बोधन गरेको थियो । निगमले चालकको तलब भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा गरी सोही बमोजिम पेट्रोलियम पदार्थको नियमित आपूर्ति सहज बनाउने सहमति गरेको भए पनि फेरि चालकले सम्झौता तोडेपछि इन्धन अभाव सुरु भएको हो।

‘ढुवानीकर्ताका जायज मागका विषयमध्ये भारतमा लाग्ने टोल ट्याक्स, सरकारी शुल्क र ट्यांकर लकिङ फिटिङलगायत खर्चलाई समय अनुकुल बनाउनुपर्ने विषयमा निगम सकारात्मक रहेको र वैज्ञानिक ढुवानी भाडामा सामायोजन गरिसक्दा पनि विभिन्न बाहनामा पेट्रोलियम पदार्थको आपूतिमा निगम एवम् आम उपभोक्तालाई अप्ठेरो पर्ने गरी कार्य भएकोप्रति निगमले आपत्ति जनाएको छ ।

अब हामी जनता आशा गरौ कि उक्त इन्धन अभाव को समस्या छिटो भन्दा छिटो समाधान होस र सबै जनता ले उक्त समस्या बाट छुटकारा पाउन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *