मेची देखी माहाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि धमाधम कार्य सुरु

फोटो फिचर समाचार
शेयर गर्नु होला

महेन्द्रनगर- मेची देखी माहाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि सर्भेक्षणको काम धमा धम चलेको र आब अन्तिम चरणमा पुगेको जानकारी आएको छ।

उक्त मेची देखी माहाकाली विद्युतीय रेलमार्ग परियोजना प्रतिवेदन तयार गर्नका लागि चाइनिज, कोरियन कम्पनी र नेपाली सिल्ड कम्पनीलाई जिम्मा दिइएको छ । २२० किलोमिटर प्रतिघण्टाका दरले कुद्ने क्षमताको रेलमार्ग निर्माण गरिने बताइएको छ । पूर्व–पश्चिम रेलमार्गको कुल लम्बाइ झण्डै ९५० किलोमिटर रहेको छ ।

जानकारि अनुशार मेची देखी माहाकाली विद्युतीय रेलमार्ग लाई चार खण्डमा विभाजित गरीएको छ। सबै भन्द पहिला घरधुरी सर्भेक्षणको कार्य हुनु पर्ने खन्ड मा अहिले सम्म कैलालि को सुख्खड देखी कन्चनपुर को गड्डाचौकी जस्को लम्बाई ९४ किलोमिटर रहेको छ त्येस्को ७० प्रतिशत घरधुरी सर्भेक्षणको कार्य पुरा भएको छ।

रेलमार्गमा पर्ने ५०० घरधुरी प्रभावित हुने देखिएका छन् । सामुदायिक विद्यालयका दुई शौचालय र इलाका हुलाक कार्यालय अत्तरियाको भवन रेलमार्गमा पर्ने देखिएको मेची–महाकाली विद्युतीय रेलमार्ग परियोजनाका सामाजिक विज्ञ सुभाषचन्द घिमिरेले बताउनुभयो ।
विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–सुख्खड र सुख्खड–गड्डाचौकी गरी चार भागमा विभाजन गरी काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।

परियोजनाअन्तर्गत रेल्वेको ट्र्याक राख्ने ठाउँ यकिन गर्ने, जग्गाको लेखाजोखा राख्ने, आवासीय क्षेत्रको घरधुरी सर्भेक्षणको काम, रुख, सञ्चार र स्टेशन राख्ने ठाउँको सर्भेको काम सेप्टेम्बर महिनासम्म पूरा गर्ने लक्ष्य लिइएको छ । ओभरहेड ब्रिज, क्रसिङ सडक, नदी खोलालगायत क्षेत्रको माटो परीक्षणको काम पूरा भएको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)सँगै विस्तृत इञ्जिनीयरिङ, सर्भे तथा डिजाइनको काम अगाडि बढाइएको छ । वातावरण संरक्षण नियमावली २०५४ को परिच्छेद २ दफा ४ बमोजिम वातावरण मूल्याङ्कन तयार गरी जनसङ्ख्या तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराउनु पर्ने प्रावधान रहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कनअन्तर्गत सामाजिक तथा आर्थिक क्षेत्र, भौतिक तथा सांस्कृतिक क्षेत्र, रसाइन क्षेत्र र जैविक क्षेत्रबारे मूल्याङ्कन गरिन्छ ।

रेलमार्ग विस्तार हुने कैलालीका चौमाला, मसुरिया, उदासीपुर, पहलमानपुर, दरख, राशिखरझाला, साडेपानी र कञ्चनपुरको महेन्द्रनगर, सुडा, दैजी, पिपलाडी, झलारी, देखतभूली र कृष्णपुर क्षेत्रको ९४ किलोमिटर क्षेत्रमा डिपिआरको काम र इआइएको कार्य अन्तिम चरणमा पुगेको छ ।

हुनत नेपाल सरकार को योजना अनुरुप नेपाल मा रेल मार्ग र रेल यातायात को ब्यबस्ता बिभिन्न ठाउु मा गर्ने योजना रहेको छ र उक्त योजना अनुरुप धेरै जसो ठाउ मा योजना बमोजिम कार्य हरु तिब्र गती मा भैइरहेको छ। हामि आशा गरौ कि सबै योजना हरु सफल् हुन र छिटो भन्दा छिटो नेपाल मा पनी रेल यातायात सुचारु रुप मा चलोस।
साभर : (रासस)


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *