एजेन्सी- बलिबुडमा अहिले क्यान्सरले त्यहाका कलाकारहरु लाइ निकै सताईरहेको छ।बलिबुडमा एक् पछी अर्को गरेर कलाकारहरुमा क्यान्सर देखिरहेको छ।
इराफान खान,सोनालि बेन्द्रे हुदै अब आयुस्मान खुराना की पत्निमा पनि क्यान्सर देखिएको छ। बलिउड अभिनेता अयुष्मान खुरानाकी पत्नी ताहिरा कश्यपलाई ब्रेस्ट क्यान्सरको लक्षण देखिएको छ। यद्यपी यो अहिले जीरो स्टेजमा रहेको छ। समय मै उपचार भएका कारण उनी क्यान्सरबाट भने मुक्त भएकी छन्।
आयुष्मानकी पत्नी ताहिराले आफ्नो इन्स्टाग्राममा आफूलाई ब्रेस्ट क्यान्सर भएको जानकारी दिएको भारतीय संचारमाध्यमले जनाएका छन्। ताहिराले लेखेकी छन्, ‘मरो दायाँ ब्रेष्टमा डीसीआईएस ( डक्टल कार्किनोमा इन सिटू) भएको छ। म एंजेलिना जोलीको हाफ इण्डियन वर्जन भएकी छु।
मैले आफ्ना डक्टर करदाशिँयालाई कम्पिटीशन दिने समय आएको बताएकी छु। मेरो कुरा कसैले पनि सुनेनन्। यसले मलाइ मेरो जीवनको नयाँ परिभाषा दियो।’ ताहिराले अस्पतालको एक फोटो पनि शेयर गरेकी छन्।
तस्वीर शेयर गर्दै उनले यो फोटोले मासिनहरुलाई दुखी बनाउन सक्ने लेखेकी छन्। ‘यो फोटोले मानिसलाई दुखी बनाउन सक्छ। तर सत्य यही हो। म सबै उमेर समूहका महिलालाई जागरुक गर्न चाहन्छु। म ३५ वर्षकी भएँ। मलाइ म्यामोग्रामबाट फिर्ता गराइेको छ। यदि कोही लक्षण देखियो भने यसलाई एक सुरक्षात्मक रुपमा सोचेर उपचार गराउनुपर्छ।’