सत्ता पक्षलाई कांग्रेसको आग्रह-‘जोशीलाई महाअभियोग नलगाइयोस्’
काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग नलगाउन सत्ता पक्षलाई सचेत गराएको छ । राष्ट्रिय सभामा आइतबार विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले जोशीलाई महाअभियोग लगाउनु राजनीतिक गल्ती हुने उल्लेख गरे ।
‘कांग्रेसले विगतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा पेस गरेर गल्ती गरेकाले चुनावमा अहिलेको हालतमा पुग्यो,’ सांसद अधिकारीले भने, ‘कांग्रेसको जस्तो गल्ती सत्ता पक्षले नगरोस् ।’ सर्वोच्च अदालतका काम कसरी अघि बढाउने, कसलाई जिम्मेवारी दिने नयाँ प्रधानन्यायाधीशको अधिकार क्षेत्रभित्र पर्ने भएकाले त्यहाँ स्वतन्त्र रूपले काम गर्ने वातावरण हुनुपर्ने अधिकारीले बताए ।
‘राजीनामा दिने नदिने जोशीको व्यक्तिगत कुरा हो तर उहाँमाथि महाअभियोग लगाउने वस्तुगत आधार छैन,’ अधिकारीले भने, ‘संसदीय सुनुवाइ समितिभित्रैको बहस र त्यसको निर्णयसमेत विवादित अवस्थामा छ ।’ सरकारले सात महिनासम्म कुनै उल्लेखनीय काम गर्न नसकेको र जनताले आलोचना गर्न थालेपछि त्यसबाट ध्यान मोड्ने प्रयोजनका लागि महाअभियोगको प्रसंग बाहिर ल्याएको अधिकारीको तर्क थियो । उनले सत्ता पक्षका नेता र सांसदहरूले अदालतले सरकारलाई सहयोग गर्नुपर्यो भन्ने गरेको उल्लेख गर्दै यसको अर्थ के हो प्रस्ट्याउन माग गरे । ‘सरकारले जे गर्छ, त्यो निर्णय अदालतले मानोस् भनिएको हो ?’ सांसद अधिकारीले भने, ‘यदि त्यस्तो हो भने न्यायपालिका कमजोर बनाउने कुरा हो ।’ उनले न्यायपालिका कमजोर बनाए राज्यले नै दुष्परिणाम भोग्ने भएकाले ध्रुवीकरण हुने स्थिति आउन नदिन सचेत गराए । महाअभियोग लगाउने विषयबारे स्पष्ट पार्न पनि उनले सत्ता पक्षलाई आग्रह गरे ।
अग्रिम टिकङ बुकिङ १० गतेदेखि, १० प्रतिशत भाडा बढ्ने
काठमाडौँ — सरकार दस प्रतिशत भाडा बढाउन राजी भएपछि यातायात व्यवसायीले आगामी १० गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीच शनिबार यस्तो सहमति जुटेको हो ।
बैठकमा भाडा वृद्धि गर्नेलगायत ४ बुँदे सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले बताए । यसअघि विभाग र व्यवसायीबीच असोज ५ देखि बुकिङ खोल्ने सहमति थियो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि व्यवसायीले भाडा नबढेसम्म बुकिङ नखोल्ने अडान राखेका थिए ।
बैठकमा भाडा समायोजन, बस व्यवसायी समितिका बन्द खाता खोल्नेलगायत सहमति भएपछि बुकिङ खोल्ने तयारी भएको ढकालले बताए । ‘१६ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ, औसतमा १० प्रतिशत भाडा बढाउने सहमति भएको हो,’ ढकालले भने, ‘अब व्यवसायीले बुकिङ खुला गर्नुहुन्छ ।’ गत चैतमा यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य घोषणा गर्दै सरकारले महासंघअन्तर्गतका समितिका सबै बैंक खाता रोक्का गरेको थियो । खाता रोकिएपछि दुर्घटनामा घाइते भएकाको उपचार, क्षतिपूर्ति, बिमा, कर्मचारीको तलब भत्तालगायत रोकिएको भन्दै व्यवसायीले खोल्न दबाब दिँदै आएका थिए ।
बूढीगण्डकीमा पैसाको खोलो !
दुईतिहाइको शक्तिशाली सरकारबाट जनताले धेरै अपेक्षा गरेका थिए। राष्ट्रवादी ओली सरकारले धमाधम खोलानालाहरू विदेशीकरण गर्दै आइरहेको छ। नेपालमा बद्नामी कमाएको र विश्वबैंकले समेत कालो सूचीमा राखेको गेजुवालाई चोर बाटो हुँदै बूढीगण्डकी पुनः दिने निर्णय गरेर सरकारले आफ्नो चरित्र उदांगो पारेको छ। श्रीलंका, पाकिस्तान र अफ्रिकी राष्ट्रहरूलाई ‘डेब्ट ट्र्याप’ (ऋणको जालो) मा पार्दै आएको चीनले दुई खर्ब ६० अर्ब रुपैयाँ लागत रहेको बूढीगण्डकीको लागत घटीमा पनि तीन खर्ब पुर्याई न्यूनतम ४० अर्ब रुपैयाँ एउटै आयोजनाबाट कमाउन उद्यत् रहेको कसैबाट लुकेको छैन।
पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनको निवर्तमान भइसकेका तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले गेजुवाका प्रतिनिधिसित समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। त्यतिबेला निकै चर्को विरोध भएको थियो। तत्कालीन ऊर्जामन्त्री शर्माले गरेको उक्त समझदारी कानुनी र नैतिक दुवै दृष्टिबाट किर्ते थियो। उनको त्यो किर्ते कामलाई दाहालपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले कानुनी हैसियत दिलाइदिए। देउवाले आफ्नो मन्त्रिपरिषद्मा लगेर गेजुवालाई दिने भनी गरेको कागजलाई वैधानिकता प्रदान गरे। हालका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा यसैगरी चोर बाटोबाट बूढीगण्डकी गेजुवालाई दिने भरमग्दुर प्रयास गरेका थिए। तत्कालीन माओवादी सरकारबाट बाहिरिएपछि ओलीले बूढीगण्डकीको फाइल रातारात मन्त्रिपरिषद्बाट पारित गराउन लागिपरेका थिए तर सकेनन्।
सत्तामा पुगेका दलहरूले पटक–पटक बूढीगण्डकी गेजुवालाई नै अर्पण गर्ने प्रयास नगरेका होइनन्। त्यतिबेलाका मुख्य सचिव डा. सोमलाल सुवेदीको असहयोगका कारण मन्त्रिपरिषद्बाट पारित हुन सकेन। बूढीगण्डकीमा अवरोध पुर्याएबापत डा. सुवेदीले ‘सजाय’ पनि पाए। अघिल्लो सरकारले दिएको पदक ओलीले खोसे। तत्कालीन ऊर्जामन्त्री शर्माले मन्त्रिपरिषद्मार्फत बूढीगण्डकीको निर्णय गराउन लगेको प्रस्तावलाई मुख्य सचिवले घुमाइदिएका थिए। …….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post)
फाँसीमा झुन्डिन पनि तयार छु : मुख्यमन्त्री गुरुङ
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारलाई प्रदेश सरकारले घेराबन्दी नगरेको बताएका छन्। ‘संघले गर्नुपर्ने कुरा गर भनेको हो, कुनै घेराबन्दी गरेको होइन, कुनै विरोध गरेको पनि होइन’, उनले भने। मुख्यमन्त्री गुरुङ गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनको अन्तिम दिन आइतबार विशेष सम्बोधन गर्दै थिए।
‘कसैले केही भन्छ भन्ने आधारका लागि होइन, प्रदेश सरकारको सफल कार्यान्वयनको लागि, प्रदेश सरकारको गौरव बढाउनको लागि, गण्डकी प्रदेशको जनताको विकासको चाहनालाई चाँडोभन्दा चाँडो पूरा गर्नको लागि फाँसीमा झुन्डिन पनि तयार छु’, उनले भने, ‘जनतालाई कसरी सुखसुविधा दिने ? संविधानमा भएको व्यवस्थाप्रति उदासीनता नदेखाइयोस्, चाँडोभन्दा चाँडो जनताको काम गर्न पाउनुपर्छ भनेको हुँ।’
संवैधानिक व्यवस्था बमोजिम नै मुख्यमन्त्रीको भेला डाकेर आफूले संघ सरकारलाई घच्घच्याएको प्रष्टोक्ति मुख्यमन्त्री गुरुङको छ। उनले भने, ‘अरुले नग¥या हुनाले बिरालोको घाँटीमा घन्टी झुन्ड्याउने काममात्रै मैले ग¥या हो।’
सोही प्रसंगमा उनले भेलामा प्रधानमन्त्रीलाई बोलाएको तर कार्यव्यस्तताले आउन नसकेको पनि जानकारी दिए। संविधान दिवसको दिन प्रधानमन्त्रीले संघीयता ठिक कि बेठिक भन्ने बहस अब सकिएको भनेर दिएको मन्तव्यप्रति मुख्यमन्त्री गुरुङले धन्यवाद ज्ञापन गरे। उनले भने, ‘हो प्रधानमन्त्रीले ठिक भन्नुभयो त्यो बहस अब सकियो, किन कि संघीयता हामीले कार्यान्वयन गरिसक्यौं।’
मुख्यमन्त्री गुरुङले प्रदेश सरकारबाट भएगरेका कार्यप्रगतिबारे सदनलाई जानकारी दिने र आसन्न चीन भ्रमणबारे पनि बताउने उद्देश्यले आइतबार विशेष सम्बोधन गरेका थिए।
सदन सुरु गर्नासाथ सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख कार्यालयबाट केही प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको जानकारी पत्र पढेर सुनाएका थिए। त्यसपछि मुख्यमन्त्रीलाई बोल्ने समय दिए। मुख्यमन्त्रीको सम्बोधनपछि अधिवेशन अन्त्यको जानकारी गराए।
मुख्यमन्त्री गुरुङले यसबीचमा प्रदेश सरकारले १९ वटा कानुन बनाउन सकेको जानकारी विशेष सम्बोधनका क्रममा दिएका थिए। साउनभरि कार्यालयहरु खोल्ने र भदौ लाग्नासाथै बजेट कार्यान्वयन गर्ने प्रदेश सरकारको लक्ष्य र योजना हुँदाहुँदै संघ सरकारबाट कर्मचारी नआउँदा कार्यान्वयनमा समस्या भएको मुख्यमन्त्री गुरुङले सुनाए। कतिपय कार्यालय खारेज भएर कर्मचारी सेतोकागजमा हाजिर गरी बस्नुपरेको तर प्रदेश सरकारमा कर्मचारी र कार्यालय नै नपुगेको उनले बताए।
संघीय सरकारले थोरै बजेट दियो भनेर कराइरहेको प्रसंग स्मरण गर्दै उनले प्राप्त बजेट पनि कार्यान्वयनमा शंका उत्पन्न भइसकेको बताए। ‘बजेट कार्यान्वयन गर्ने त कर्मचारीले हो, तर स्वीकृत भएको दरबन्दी अनुसारका कर्मचारी आएका छैनन्’, उनले भने, ‘भौतिक पूर्वाधार पनि छैनन्।’ कार्यालय बाँडाफाँट गर्ने सवालमा संघीय शासन प्रणाली नसुहाउने प्रकारले निर्णयहरु भएको आरोप उनले लगाए।
‘पहिलापहिला सबै जिल्लामा खानेपानीको कार्यालय थियो, स्वास्थ्यको कार्यालय थियो’, उनले भने, ‘तर अहिले एउटा कार्यालयले ३ जिल्ला हेर्ने भनेको छ। तर हामीले हिजो भएका सबै कार्यालय हुनुपर्छ भनेका छौं।’ स्थानीय तहले त्यो काम गर्ने संघले बताए पनि स्थानीयले गर्न नसक्ने उनको भनाइ थियो। ‘स्थानीय तहका आफ्नै सीमा हुन्छन्, भूगोलको सीमा हुन्छ, स्रोतको सीमा हुन्छ’, उनले भने।
प्रदेश सरकारले अनुरोध गरेर पठाएका अधिकांश विषय संघले सम्बोधन नगरेको मुख्यमन्त्री गुरुङको गुनासो थियो। त्रिवेणी भन्सार स्तरोन्नति गर्न, कोरला नाकामा पूर्वाधार बनाउन संघ सरकारलाई अनुरोध गरी पठाएको जानकारी मुख्यमन्त्री गुरुङले सदनलाई गराए। उनले भने, ‘सिगात्सेका अधिकारीसँग मेरो भेट भयो, उनीहरुले उता झन्डै नेपाली २ खर्ब रुपैयाँ खर्च गरेर धमाधम ठुल्ठूला पूर्वाधार बनाइरहेका छन्। हाम्रोतिर कुनै सुरसारै छैन।’
कोरला पुग्ने कालिगण्डकी करिडरको काममा भइरहेको ढिलाइप्रति पनि उनले असुन्तुष्टि पोखे। ‘बजेट तिमी हाल कार्यान्वयन हामी गर्छाैं भनेका छौं’, उनले भने, ‘संघ सरकारका मन्त्री र सचिवको ध्यान यो सडकमा देखिएको छैन।’ कान्छो जिल्ला नवलपुरमा कार्यालयहरु नभएकाले खोल्न संघ सरकारलाई अनुरोध गरिएको जानकारी मुख्यमन्त्री गुरुङले दिए। उनले सुस्ता गाउँपालिकाको पहिलो बैठकले गण्डकी प्रदेशतिर बस्ने भनेर गरेको निर्णय कार्यान्वयनमा संघ सरकारको ध्यानाकर्षण गराए। उनले बर्दघाट सुस्तापूर्व नवलपरासी भन्ने ठाउँको नामकरण नवलपुर जिल्ला गरिनुपर्ने आवाज पनि उठाए। …….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )
नेपालले मलेसियासँग खेल्ने
काठमाडौँ, असोज ७ गते । एएफसी सोह्र वर्षमुनि ९यु–१६० महिला च्याम्पियनसिपअन्र्तगत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बल ९एपिएफ०को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा नेपालले विजय लक्ष्यका साथ मलेसियाको सामना गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउसो ३ ः३० बजे हुनेछ । नेपाल र मलेसिया पहिलो जीतको खोजीमा हुनेछन् । यसअघि नेपाल फिलिपिन्ससँग ४–० गोल अन्तरले तथा दोस्रो खेलमा म्यानमारसँग ११–१ गोल अन्तरले पराजित भएको थियो ।
समूह ‘इ’ मा म्यानमार र फिलिपिन्स दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । त्यस्तै आज नै हुने अर्को खेलमा समूह विजेता टोलीको छिनोफानो हुनेछ । म्यानमार र फिलिपिन्सबीच अहिले खेल भइरहेको छ । समूह ‘इ’मा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेका छन् । (रासस)……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)
विमानस्थलबारे दुई मन्त्रालयबीच कुनै विमति छैन – मन्त्री बस्नेत
काठमाडौँ, असोज ७ गते । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विमति नरहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रिय संरक्षण दिवसका अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आज आयोजित कार्यक्रममा उहाँले विमानस्थल निर्माणबारे दुवै मन्त्रालयबीच समन्वयात्मक रुपमा छलफल चलिरहेको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “दुवै मन्त्रालयको समान धारणा छ, विमानस्थल जसरी पनि बन्नुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले मुलुकको आवश्यकताले अर्काे अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउनु परेको भन्दै त्यसबारे नकारात्मक बहस नगर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । “मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले नधान्ने अवस्थामा पुगेकाले विकल्पका रुपमा निजगढ विमानस्थल निर्माण गर्न लागिएको हो” उहाँले भन्नुभयो ।
विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता जाहेर गरेको, केहीले स्थानीय स्वार्थ र केहीले राजनीतिक स्वार्थका आधारमा बहस चलाएको भन्दै उहाँले सकारात्मक चासोको सम्मान गर्दै सरकारले विमानस्थल निर्माण गरेरै छाड्ने अठोट व्यक्त गर्नुभयो । कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल बनाउनुपर्ने विषयमा आफू सचेत र स्पष्ट रहेको मन्त्री बस्नेतले बताउनुभयो ।
“विमानस्थल बन्नुपर्छ, त्यो न्यूनतम वातावरणीय क्षतिमा हुनुपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो, “कमभन्दा कम क्षतिमा विमानस्थल बन्नुपर्छ भन्नेमा सरकारको स्पष्ट दृष्टिकोण छ ।” सकारात्मक चासो, चिन्ता र जिम्मेवारी बोधसहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवालहरुको भने सरकारले उचित सम्मान तथा सम्बोधन गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वातावरण र विकासलाई एकअर्काका विरोधी पक्षका रुपमा नभई पूरकका रुपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षणमन्त्री गोपाल राईसहित २४ वातावरण संरक्षणकर्मीको निधन भएको थियो । सोही दिनको सम्झनामा वन मन्त्रालयले हरेक वर्ष असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउँदै आएको छ । (रासस)……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )
हङकङ विरूद्ध नेपालको खराब प्रदर्शन
एसिया कप छनौटको आफ्नो अन्तिम खेलामा हङकङ विरूद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले खराब प्रदर्शन गरेको छ ।
ताजा अवस्थामा नेपालले २०.१ ओभर खेल्दै ५ विकेटको क्षतिमा ५५ रन जोडेको छ । उपकप्तान ज्ञानेन्द्र मल्ल १२ रन र अनिल शाह १५ रन , दीपेन्द्र सिंह ऐरी २ रन बनाइ अाउट भए । नेपालका कप्तान पारस खड्का १४ रन बनाएर आउट भएका छन् । यसअघि सुभास खकुरेल शुन्यमा आउट भएका थिए ।
नेपालका लागि अारिफ शेख र सागर पुन क्रिजमा छन् ।
अंक तालिकामा हङकङ चार खेल मध्ये २ मा जित र एक बराबरी सहित चौथो स्थानमा छ भने नेपाल २ मा जित र २ खेलमा हार सहित पाँचौ स्थानमा छ । सिंगापुर विरूद्धको जित पछि नेपालको फाइनल आस कायमै रहेको हो ।
हङकङ विरूद्धको पछिल्ला पाँच खेलमा नेपालले सुस्खद नतिजा निकालेको छ । नेपालले चारमा जित र एक खेल बराबारी खेलेको छ ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ। / published in Todays Naya Patrika)
‘मैले नै गोली खानु पर्ला भनेर सोचिन’
सुनसरीको हरिनगर गाउँपालिका, ४ भुटाहाका नेकपाका नेता मौलाना खुर्शिद इस्लाहीलाई अज्ञात समुहले गोली हानी हत्या गरे । हत्याकाे खबरपछि हत्यारा नियन्त्रण गर्न खोज्दा गोली लागी घाइते प्रहरी जवान शिवलाल पौडेल अस्पतालमा उपचार गराउँदै अाएका छन् । उनी घटना खबर पाएपछि एक्लै राइफल लिएर हत्यारा पक्राउ गर्न निस्किएका थिए ।
नेता खुर्शिदको हत्याराले तिघ्रा र कम्मरमा गोली हानेसँगै नर्भस भएको प्रहरी पौडेलले बताए । सहयोग गर्ने र जवाफी फाइरिग गर्ने साथी नभएकाले अपराधी उम्किएको उनी बताउँछन् ।
प्रहरी पौडेलले भने, ‘मैले केही सोचिन अपराधीलाई समात्ने मात्र सोचे, असई सर पनि हुनुहुन्थ्यो । म एक्लै दौडिए ।’ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ रहेका प्रहरी उनी भन्छन्, ‘भाग्यले बाचेँ, मैले नै गोली खानु पर्ला भनेर सोचिन ।’
उनले भने, ‘नम्बर नभएको खैरो होण्डा मोटरसाइकलबाट दुई जनाले सुट गरे, धेरै भीड भएकाले फाइरिङ खोल्ने मौका भएन ।’
अपराधी समाउन हिडेको त्यो क्षण सपना जस्तै लाग्छ उनलाई । योभन्द अगाडि २०६२ सालमा बुटवल चौकीमाथि तत्कालिन माओवादीले आक्रमणमा बालबाल बाँचेका थिए उनी । त्यस घटनामा चौकी खाली गरेर ब्यारेकमा बसेर बाँचेकोबाहेक केही सम्झाना छैन् उनलाई ।
फेरि, अपराधी समाउने अभिलाशा बोकेका प्रहरी पौडेल बालबाल बाँचे । अपराधीले हानेको गोलीले कम्मर र खुट्टामा छेडिएको छ । जसले गर्दा उनको अवस्था तुलनात्मक रुपमा सामान्य नै छ ।
हत्यारालाई छेक्न एक्लै चेकपोइन्ट थाप्ने दौड्दा गोली खाएका पौडेललाई प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले अस्पतालमा पुगेर प्रशंसा गरे । आइतबार प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले भेटेर प्रसंशा गरे । उनको साहासिक काम प्रति प्रसंशा आइरहेको छ । उनी तिनै प्रसंशालाई आत्मसाथ गर्दै जीवनको नयाँ आयमलाई पर्खिरहेका छन् ।
परिवारभन्दा जनताको सेवामा खटिएकाले पौडेलकी श्रीमती दुर्गा आफ्नो श्रीमानको राम्रो उपचार गरिदिन आग्रह गर्छिन् । उनी भन्छन्, ‘ड्युटीमा रहेका बेला घाइते भएकाले सरकारले हेर्नु पर्ने हो ।’ १४ वर्षदेखि प्रहरी जवानमा कार्यरत पौडेल दुई महिनापछि हवाल्दारमा बडुवा हुँदै छन् ।
प्रहरी पौडेल चार वर्षदेखि सुनसरीमा कार्यरत रहँदै आएका छन् । त्यहाँ आएपछि सीमा नाकामा हुँदै आएको तस्कारी रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika)