काठमाडौं – गोरखा फुजेलका नूरप्रसाद अधिकारीले मुद्दा हारेपछि पाटन उच्च अदालतमा तोडफोड गरेका छन् ।अाइतबार अपराह्न ४ः४५ बजे नूरप्रसादले वारेसमार्फत अदालतमा चलिरहेको मुद्दा हारेपछि तोडफोड गरेको अदालतले जनाएको छ ।
नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै इजलास अधिकृतमाथि हातपात गरेका हुन ।
पाटन उच्च अदालतका सूचना अधिकारी ध्रुव सुवेदीका अनुसार इजलास अधिकृत रोशन बस्नेतसहित अदालतका कर्मचारीमाथि पनि आक्रमण भएको छ । नूरप्रसादले प्रहार गरेको कुर्सी छल्न सकेकाले मानवीय क्षति हुनबाट जोगिएको भन्दै सुवेदीले बस्नेतलाई ताकेर हानिएको कुर्सीले लागेर अदालतको झ्यालका सिसा फुटेको जानकारी दिए ।
अाइतबार विष्णुमाया घतानीसहितका पाँच थान मुद्दामा पाटन उच्च अदालतमा पुनरावेदन थियो । नूरप्रसाद घतानीको मुद्दामा वारेस बनेर आएका थिए । तर, न्यायाधीशद्वय रमेश पोख्रेल र शेखरप्रसाद पौडेलको इजलासले जिल्ला अदालतकै आदेश सदर गरेपछि उनी गालीगलौज, तोडफोड र कुटपिटमा उत्रिएका हुन् ।
नूरप्रसादले प्रहार गरेको कुर्सी छल्न सकेकाले मानवीय क्षति हुनबाट जोगिएको भन्दै सुवेदीले बस्नेतलाई ताकेर हानिएको कुर्सीले लागेर अदालतको झ्यालका सिसा फुटेको जानकारी दिएका छन् ।
बहस सकिएपछि न्यायाधीशद्वय पोख्रेल र पौडेलले निर्णय सुनाउँदै गर्दा आफ्नो पक्षमा फैसला नाअेपछि आक्रोशित भएर नूरप्रसादले सुरुमा न्यायाधीश र कर्मचारीलाई अपशब्द बोली गालीगलौज गरेका थिए । ‘सुरुमा अपशब्द बोली गालीगलौज गरे ।
त्यसपछि इजलास अधिकृत रोशन बस्नेत रहेको ठाउँको कम्प्युटर खसाले, लगत्तै दराजका सिसाहरू फुटाए र कुर्सी उचालेर प्रहार गरे,’ सूचना अधिकारी सुवेदीले नयाँ पत्रिकासँग भने, ‘कुर्सीको प्रहार छलेर अधिकृत बस्नेत जोगिए । त्यो कुर्सी झ्यालको सिसा फुटाएर तल खस्यो । दराज, झ्यालको सिसा, कम्प्युटर पोडियम र पुस्तकहरूमा क्षति पुगेको छ ।’आजको नयाँपत्रिका दैनिकले लेखेको छ ।