नवलपरासी – एसिड आक्रमणमा परी रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै नवलपुरमा एक युवतीमाथि एसिड र छुरा प्रहार भएको छ । नवलपरासीमा एक युवकले आफुसँग बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् ।
जिल्लाको पुर्वी कावासोती नगरपालिका १६ हरबासी स्थित ३६ विमल श्रीपालीले स्थानिय ३० वर्षीया बसन्ती परियारलाई गएराति एसिड र छुरा प्रहार गरेको नवलपरासी प्रहरीले जनाएको छ ।
स्थानियका अनुसार विमलले केही दिन अघिबाट बसन्तीलाई बिवाहको प्रताव गर्दै आएको थिए । तर उनले विमलको प्रतावलाई अस्वीकार गरेका थिए । त्यसैको बदलामा सोमबार राति एसिड छ्यापेर विमलले पटक पटक छुरा प्रहारगरी बसन्तीलाई गम्भीर घाइते बनाएका हुन् । घाईते बसन्तीको चितवन स्थित भरतपुरमा उपचार भैरहेकोे छ ।
एसिड प्रहारबाट बसन्तीको शरीर करीव २५ प्रतिशत भाग जलेको र छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ । उपचारमा संलग्न डाक्टरले भने- “देव्रे छातीमा प्रहार भएको चक्कुले करङ छेडेर फोक्सोको नजिक पुगेकाले उनको अवस्था गम्भिर छ, छुरा प्रहारबाट उनको दायाँ गालाको हड्डीसमेत फुटेको छ” । छुरा प्रहार गर्ने विमलाई नियन्त्रणमा लीइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
बसन्तीमाथि एसिड प्रहार गर्ने विमल शिर्पालीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । उनले प्रहरीसामू अपराध स्वीकार गरेका छन् । प्रारम्भीक बयान दिएका विमलले ‘पूर्वसहमति अनुसार काम नभएकाले’ एसिड प्रहार गरेको बताएका छन् ।
योजनाबद्ध रुपमा बसन्तीमाथि एसिड प्रहार गरेको देखिएको नवलपुरका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । बिमलले तीजमा भारत जाँदा एसिड किनेर ल्याएका रहेछन् । लामो समयदेखि आफू बसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर, विवाह गर्न नमान्दा आक्रमण गरेको बिमलको दाबी छ ।