राजधानी – करिब ५० दिन भन्द पनी बढी भएको कन्चनपुर को घटना जस्मा एेउटी अबोध बालिका निर्मला पन्त को बलातकार पछि हत्य भएको घटना आझै पनी रहस्यमय नै रहेको छ। छानबिन माथी छानबिन टोलि हरु थपिदै गए तर अपराधी सम्बन्धी कुनै ठोस सबुत हाथ लगेको चैन। त्येहि दौरान मा देश का बिभिन्न ठाउमा बिरोध प्रदशन र आन्दोलन पनी भने तर हाथ केही पनी लगेको जस्तो देखिन्न।
हालि मात्र उक्त हत्या प्रकरण मा खटीएको छनबिन टोलि ले या समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।
अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएको र अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।समितिले यसअघि भदौ ३० गते गृहमन्त्रीसमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । प्रारम्भिक प्रतिवेदनमा प्रहरीको भूमिका कमजोर रहेको भेटिएपछि गृह मन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेको थियो ।
उक्त प्रतिवेदनमा घटना सम्बन्धी का बिबरण हरु र घटना पछी भएका कमीकमजोरी र स्थानीय हरु को बयान का साथै अरु कुरा हरु लाई समाबेस गरीएको छ।
हुन त यस्ता खालका आशवाशन देश का रास्ट्रपती देखि प्रधानमन्त्री सम्म को बेला बेला मा सुनिदै अाईरहेको हुन्छ तर अपराधी कोहो, घटना कसले घटायो भन्ने कुरा लगभग २ महिना बितदा पनी पत्ता लागेको छैन। तर समय जती लागोस् निर्मला पन्त को हत्यारा चाहे जाहा लुकेर बसेको होस, तिनि हरु लाई छिटो भन्दा छिटो कानुन को दाईरा मा ल्याई कडा भन्दा कडा कारबाही गरिनु पर्दछ।
सभार: (रासस)