४७ जना अबैधानिक नेपाली श्रमिक मलेसियामा पक्राउ

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

मलेसिया- मलेसिया सरकारले गएको जुनदेखि अगष्टसम्म (असार १७ गतेदेखि भदौ १७ गतेसम्म) मलेसियामा अबैधानिक भएर वसेका आप्रवासी श्रमिकलाई आ –आफ्नो देश फर्कन आभान गरेको थियो । त्यहाँको सरकारको आग्रहलाई बेवास्ता गरेर वस्ने विदेशी श्रमिकलाई सेप्टेम्बरको दोस्रो सातादेखि नै धरपकड गर्न थालेको र त्यसमा कतिपय ठाउँमा नेपाली पनि पर्ने गरेको दूतावासले जनाएको छ ।

यसै क्रममा मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ गरिएको हो ।

मलेसियास्थित नेपाली दुतावासका अनुसार अभियानान्तरगत साइबरजयाको एक कम्पनीमा छापामार्ने क्रममा नेपालीसहित ३३८ जना पक्राउ परेका थिए । मलेसियाले अवैधानिक कामदारका लागि पटक पटक आममाफीको कार्यक्रम सञ्चालन गर्दै आएको छ तर अभियानमा सहभागी नभैइ अवैधानिक रुपमा बस्ने क्रम नरोकिएपछि मलेसियाले पक्राउ गर्ने अभियान चलाएको हो ।

मलेसिया सरकारले गएको जुनदेखि अगष्टसम्म (असार १७ गतेदेखि भदौ १७ गतेसम्म) मलेसियामा अबैधानिक भएर वसेका आप्रवासी श्रमिकलाई आ –आफ्नो देश फर्कन आभान गरेको थियो । त्यहाँको सरकारको आग्रहलाई बेवास्ता गरेर वस्ने विदेशी श्रमिकलाई सेप्टेम्बरको दोस्रो सातादेखि नै धरपकड गर्न थालेको र त्यसमा कतिपय ठाउँमा नेपाली पनि पर्ने गरेको दूतावासले जनाएको छ ।

मलेसियका कार्यवहाक राजदूत कुमार खरेलले अवैधानिक भएर बसेकालाई दूतावासमार्फत पटक पटक सूचना गर्दागर्दै नेपाली श्रमिकले आममाफीमा भाग नलिएको जानकारी दिनुभयो ।

उहाँले प्रक्राउ परेकालाई अवैधानिक भएर बसेको अवधिका आधारमा सजाए तोकिने भएकाले अदालती निर्णयानुसार सजाय भुक्तान गरेपछि घर फिर्ती केन्द्रमा राखेर निश्चित अवधि पूरा गरेपछि स्वदेश फर्कन सक्ने बताउनुभयो ।

मलेसिया सरकारले आभान गरेको तीन महिने आममाफी कार्यक्रममा झण्डै २५ हजार नेपाली श्रमिकले फाइदा लिएको पनि उहाँले जानकारी दिनुभयो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *