दुबई- एशिया कप मा भएको आज को फाईनल खेलमा भारत र बांग्लादेश बिच भिडन्त भएको थियो। खेल धेरै नै रोमान्चक थियो। बांग्लादेश ले भारत लाई पुर्ण रुप मा टक्कर दिदा दिदै पनी अन्तिम मा भारत को जित भएको छ। उक्त खेल मा भारत ३ विकेट ले जित हाशिल गरेको छ। यस जित का साथै भारत ले उक्त एशिया कप ८ चोति जितेको छ।
दुबई मा भएको उक्त खेल मा पहिले ब्याटिङ गर्दै बांग्लादेश को टीम ४८.३ ओवर मा २२२ रन बनाएर अलआउट भएको थियो र भारत लाई जीतन का लागी २२३ रन को लक्ष्य मिलेको थियो। जवाब मा टीम इंडिया ले उक्त लक्ष्य लाई अन्तिम बल मा हासिल गर्दै हराएको छ।भारत का कप्तान रोहित शर्मा (४८) सबै भन्दा बधि रान बनौने मा परे। उन्ले आफ्नो पारी मा ५५ बल हरुको सामना गरे र तीन चौका र तीन छक्का लगाए। दिनेश कार्तिक ले ३७ र महेंद्र सिंह धोनी ले ३६ रन बनाए। केदार जाधव ले चोट लागे पनी २७ बल मा २३ रन को पारी खेले।भारत लाई अन्तिम दुउी ओवर मा नौ रन चाहिएको थियो। तर, ४९वौ ओवर मा तीन मात्र रन पन्यो जस पछी अन्तिम ६ बल मा ६ रन चाहीएको थियो। आज को खेल मा लिटन दास लाइ ‘म्यान अफ द म्याच’ र शिखर धवन लाई ‘म्यान अफ द सीरीज’ को अवॉर्ड दीईयो।
खेल रोमन्चक भयो र दर्शक हरु को उतशाह पनी निकै देखीएको थियो। तर खेल भने निकै टक्कर को हुद हुदै पनि अन्तिम ओभर मा भारत ले बाजी मारेर च्याम्पीयन् बनेको छ।