राजधानी- करिब २ महिना अगाडी कन्चनपुर मा भएको घटना जसले सारा देशमा हल्ला मचाएको छ र हरेक नेपाली को मन मस्तिस्क मा उक्त घटना ले कहि न कही कुनै न कुनै रुप मा छाप छोडीसकेको अवस्था छ।
उक्त घटना मा बालिक निर्मला पन्त ले सानै कलिलो उमेर मा समाजमा रहेका घिन लाग्दा पापी हरु को गलत बिचार र गलत मनिस्थिति को शिकार बन्नु पर्यो र उनले ज्यान नै गुमाउनु पर्यो। त्यसपछी कन्चनपुर को माहोल खलबल हुदा प्रहरी प्रशाशन ले जनता को आन्दोलन र बिरोध् जुलुस् लाई दबाउन खोजदा केही कम् उमेर् का कलिला बालक् को ज्यान् पनी गयो र केहि घाईते पनि भए।
सरकार ले एक् पछि अर्को छानबिन माथी छानबिन का टोलि गठन गर्दै कन्चन्पुर् मा खटाउदा पनि आज ६० दिन् भन्दा बढि हुदा समेत कुनै ठोष सबुत या हत्यारा को सुइको लागेको छैन।
सोही छानबिन प्रकरण मा केही ब्यक्ती माथि सन्का गरीएको र उनिहरुको डिएनए परिक्षण गर्न का लागी पठाइएको थियो। पहिलो सन्का को घेरा मा रहेका दिलिप बिस्ट को डिएनए रिपोर्ट नेगेटिभ आए पछी उनलाई रिहा गरीएको थियो।
त्यसपछी छनबिन टोली ले निलम्बित एसपी डिल्लीराज विष्ट, छोरा किरण विष्ट र अर्का आयुष विष्टको डिएनए परीक्षण का लागी पठाएको थियो र प्रहरीले दीएको जानकारी अनुशार उनिहरु को डिएनए नमीलेको भनीएको छ। उक्त नतिजा आएको खबर संगै अब उक्त घटना झन रहस्यमय हुदै गएको छ।
अर्को तिर अहिले निर्मलाका पिता ले उक्त डिएनए को रीपोर्ट यस्तै अाउने आफुले सोचेको भनेका छन। र अहिले पनि उनि बारम्बार यही भन्दछन की उनको छोरि को हत्या सोही उन्को साथि को घर बाट सुरु भएको हो र जब सम्म छानबिन त्यहि ठाउ बाट हुदैन तब सम्म उक्त घटना का अपराधी हरु नसमातीने भन्दछन्।
हालै मात्र बिपक्षी मा रहेको नेपालि काग्रेसका नेता राम चन्द्र पौडेल ले पनि उक्त छनबिन समिति को प्रतिबेदन सबै का सामु सार्बजनिक हुने पर्ने माग गरेका छन। त्यहि प्रकरण मा कन्चन्पुर र देश भरि अहिले उक्त कुरा को बिरोध भैइरहेको अवस्था छ। सबै जनाले यत्रो समय सकिदा पनि कुनै ठोस नतिजा न आएको र हत्यारा अझै पनी यही समाज मा घुमि रहेको भन्दै आफ्नो आक्रोश पोख्दै बिरोध गरि रहेका छन।
आशा गरौ की सरकार द्वारा बनाईेको छानबिन समिती र टोली हरु ले ढिलो नै भएपनी उक्त घटना का हत्यारा हरु लाई खोजि कारबाही को दायरामा ल्याई सजाय दिनेछन्।