इन्डोनेसिया भुकम्प र सुनामि : चेतावनी फिर्ता लिँदाको परिणाम, आठ सयले ज्यान गुमाए ,मानबिय क्षति अझै बढने

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

एजेन्सि – इन्डोनेसियामा आएको भुकम्प र सुनामिले धेरै जन धनको क्षति गरेको छ। सबैभन्दा धेरै क्षति सुलावेसी द्वीपक्षेत्र र दोङ्गला शहरमा भएको हो ।

यहाँ करिब १० देखि १७ फिट अग्लोसम्म समुद्री लहर उठेको थियो । अहिले सम्म भुकम्प र सुनमि मा परेर ८३२ जनाको ज्यान गएको छ। शुक्रवार ७.५ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको केन्द्र दोङ्गलाबाट करिब ५६ किलोमिटर पर जमिनको सतह भन्दा १० तल रहेको छ ।

यहाँ सुनामीका क्रममा हजारौँ घर ढलेका छन् भने कयौँ घरमा अझै पनि मानिस फसेका छन् । यी मानिसलाई निकाल्ने कोशिश जारी छ । इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म उद्धारकर्ताहरू अझै पुग्न बाँकी रहेकाले मृतकको संख्या एक हजार नाघ्ने जानकारी दिए ।

यति धेरै मानिसको ज्यान जानुमा सरकारी एजेन्सीको लापरबाही रहेको बताइेको छ। एजेन्सीले पहिलो पटक भूकम्प आएपछि सुनामीको चेतावनी दिएको थियो । तर ३४ मिनेटपछि फिर्ता लिएको थियो । त्यसलगत्तै ७.५ म्याग्निच्यूडको भूकम्प आयो । ३ घण्टा भित्रमा पालु र दोङ्गलामा सुनामी आयो। चेतावनी फिर्ता लीएपछि मानिसहरु सुरक्षित स्थानमा पुग्नै पाएनन् ।

पालूको किनारमा शुक्रवार साँझ महोत्सव चलिरहेको थियो । पालुमा करिब ३ लाख ८० हजार मानिस प्रत्यक्ष प्रभावित भएका छन् । दोङ्गला पनि करिब करिब पुरै क्षतिग्रस्त भएको छ। अहिले अस्पताल भरिएका छन् भने मानिसहरु आकाशमुनि बस्न बाध्य छन् । इन्डोनेसियाको प्राकृतिक बिपत्ति एजेन्सीका प्रवक्ता सुतोपो पुरवोका अनुसार अग्लो समुद्री लहरका कारण कयौँ घर ढलेका छन् । त्यही क्रममा कयौँ घरका परिवार नै बेपत्ता छन् ।

मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयवासी रहेका छन् । अरू सयौँ घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको अधिकारीहरूको भनाइ छ । अस्पतालका भवनहरू पनि क्षतिग्रस्त भएकाले घाइतेको उपचार खुला ठाउँमा त्रिपाल टाँगेर भैरहेको छ । कतिपय मृतकको शव सडकमै छरिएको अवस्थामा भेटिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *