काठमाडौं – १९ वर्षमुनिको एसिया कपमा नेपालले लगातार निराशजनक प्रदर्शन गरेको छ। लगातार दोस्रो खेल हार्दै नेपाल प्रतियोगिता बाट बाहिरिएको छ।
दोस्रो खेलमा नेपाल ३ बिकेट ले पराजित भएको छ। यस अघि पहिलो खेलमा नेपाल प्रतियोगिताको दाबेदार भारत संग १सय ७१ रनले पराजित भएको थियो।
अफगानिस्तानल् संगको खेलमा ढाकाको बिकीसपी ३ मैदानमा टस जितेको नेपाली यू-१९ ले १ सय ३१ रनमात्र बनाउन सकेको थियो ।नेपाली इनिङ्स ३८।३ ओभरमा खुम्चिएको थियो। अफगानिस्तान यू-१९ ले ३७।३ ओभरमा १ सय ३६ रन बनाउदै लक्ष्य पुरा गर्यो । अफगानिस्तानका लागि रहमातुल्लाह गुर्वाजले २६ रन बनाउँदा अज्मातुल्लाह अोम रजाइले २३ तथा आरिफ खानले अविजित २३ रन बनाए ।
बलिङतर्फ नेपालका सूर्य तामाङले करिअरकै उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए पनि नेपाललाई हारबाट जोगाउन सकेनन् । ८ ओभर बलिङ गरेका उनले ३३ रन खर्चेर ४ विकेट लिए ।
त्यस्तै पवन सर्ाफ, रसिद खान र सागर ढकालले पनि एक एक विकेट लिए । यसाघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८।३ ओभरमा सबै विकेट गुमाएर १३१ रन बनाएको थियो ।नेपालबाट रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए। उनले ८८ बल खेल्दै ७ चौका प्रहार गरे। रशिद खान ३०, कप्तान आशिफ शेखले २० रन बनाए। नेपालका पाँच खेलाडी शुन्यमा अाउट भएका थिए।
अफगानिस्तानका अजमातुल्लाह अोमरजाईले ४ विकेट लिए। भारत र अफगानिस्तान पहिलो दुवै खेल जिती सेमिफाइनल पुगेका छन्। समूह ‘ए’ मा रहेका नेपाल र युएी प्रतियोगिताबाटै बाहिरिएका हुन्। राष्ट्रिय टोलीबाट खेलिसकेको सन्दीप लामिछाने जस्ता खेलाडीलाई समावेश नगरी केही नयाँ खेलाडीसहित बंगलादेश गएको टोली ब्याटिङमा निकै निरिह देखियो ।