४ दिनमा बलात्कारका ४ घटना अब अति भयो !

समाचार
शेयर गर्नु होला

 

चितवन -देशभरि नै बलात्कारका घटना भैरहेका वेला चितवनमा पछिल्ला ४ दिनमा ४ घटना भएका छन् । बलात्कारको सिकार हुनेमा ३, ७ र १५ वर्षका तीनजना बालिका छन् । एकजना भने मानसिक अवस्था ठीक नभएकी ४५ वर्षीया महिला छिन् । प्रहरीले ३ घटनाका आरोपीलाई पक्राउ गरिसकेको छ । एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

खाना खान छिरेको होटेलमै बलात्कार – भारतीय ट्रकमा काम गर्ने वर्ष १९ का जाहिर आलमलाई जिल्ला प्रहरी कार्यालय चितवनले १४ असोजमा गिरफ्तार ग-यो । भरतपुर महानगरपालिका–२९ जुगेडीमा खाना खाने क्रममा होटेल सञ्चालककी छोरीलाई करणी गरेको भन्दै पीडितका बाबुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि आलम पक्राउ परेका थिए । बालिकाको स्वास्थ्य परीक्षणका लागि १५ असोजमा भरतपुर अस्पताल पठाइेको र प्रतिवेदन आएपछि थप विषय खुल्ने प्रवक्ता डिएसपी ढकालले बताए ।

जंगल पु-याएर महिलाको बलात्कार – माडी नगरपालिका–१ बस्ने मानसिक सन्तुलन ठीक नभएकी ४५ वर्षीया महिला शनिबार बलात्कृत भैन् । बलात्कारको आरोपमा छिमेककै ४५ वर्षीय वासुदेव परियार पक्राउ परे । सोमबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान अगाडि बढाइेको प्रहरीको भनाइ छ । महिलालाई नजिकैको जंगलमा लगेर बलात्कार गर्दागर्दै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । पीडित महिलाकी छोरीले जाहेरी दिएपछि प्रहरीले परियारलाई पक्राउ गरेको होे ।

घरभित्रै १५ वर्षीया बालिका बलात्कृत – राप्ती नगरपालिका–१ की १५ वर्षीया बालिका घरभित्रै सुतिरहेका वेला गत बिहीबार बलात्कृत भैन् । भूकम्पले भत्काएपछि बनाउँदै गरेको नयाँ घरमा बाहिर अभिभावक सुतेका थिए भने भित्र बालिका थीन् । त्यसैक्रममा आफूलाई दुईजना युवाले बलात्कार गरेको बालिकाले बताएकी छिन् । तर, बालिकाले बलात्कारीको पहिचान गर्न नसकेपछि आरोपी पक्राउ पर्न सकेका छैनन् । पीडितकी आमाले गत शुक्रबार चितवन प्रहरीमा जाहेरी दिएकी छिन् ।

बाबुबाटै १३ वर्षीया छोरी बलात्कृत – ओखलढुंगा १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ओखलढुंगाको सुनकोसी गाउँपालिकामा एकजना पक्राउ परेका छन् । गत शुक्रबार बेलुका छोरीलाई जबर्जस्ती करणी गरेर भागेका ३५ वर्षीय ती पुरुषलाई प्रहरीले अैतबार पक्राउ गरेको प्रहरी निरीक्षक नीरञ्जन भट्टराईले जानकारी दिए । जिल्ला अदातल ओखलढुंगाबाट म्याद थप गरेर थुनामा राखी घटनाको अनुसन्धान अगाडि बढाइेको उनले बताए ।

१२ वर्षीया बालिका बलात्कृत –  पर्वत मोदी गाउँपालिका–१ भुक देउरालीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कारको आरोप लागेका भुक देउराली बस्ने २२ वर्षीय सबिन छन्त्याल फरार छन् । उनले गत शनिबार राति आफ्नी छोरीको बलात्कार गरेको भन्दै बालिकाका अभिभावकले प्रहरीमा उजुरी दिएका छन् । वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका छन्त्यालको राहदानी रोक्का गरी खोजतलास थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

असोजयता ३ बालिका बलात्कृत असोज महिना लागेपछि पर्वतमा तीनजना बालिका बलात्कृत भएका छन् । जलजला गाउँपालिकामा १० वर्षीय बालकबाट ७ वर्षीया बालिका बलात्कृत भएकी थीन् भने कुस्मा नगरपालिका–२ मा २० वर्षीय विनोद नेपालीले १३ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेका थिए ।यो खबर् आजको नयापत्रिकामा छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *