काठमान्डौ
अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।
दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारेकाे छ । डीभी भर्न कन्सल्टेन्टहरुको सहयोग लिने क्रम बढिरहेका बेला दूतावासले परिवारका सदस्य, साथी या विश्वासिलो व्यक्तिको सहयोग लिएर आवेदन भर्न सुझाएकाे छ ।
दूतावासले डीभी भर्न कुनै शुल्क नलाग्ने पनि प्रष्ट पारेकाे छ। अावेदन भर्न चाहनुहुनेहरूले व्व्व्।द्व्लोत्तेर्य्।स्तते।गोव मा गएर तोकिएको अवधिमा आवेदन भर्न सकिन्छ।
आवेदन दर्ता गर्दा श्रीमान-श्रीमती र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सुचीकृत गर्न अनिवार्य गरिएको छ । यदि अावेदनमा उनीहरुलाई समावेश नगरिएको खण्डमा आवेदन अमान्य ठहरिनेछ ।दूतावासका अनुसार, मुख्य आवेदकले अयोग्य श्रीमान-श्रीमती वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्याे पनि अयाेग्य ठहरिने छ ।
अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ ।२०२० का लागि डीभीमा छनोट भए-नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।