सामूहिक बलात्कारदेखि नोबेल शान्ति पुरस्कारसम्म

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

यस वर्षको नोबेल शान्ति पुरस्कार २५ वर्षीया नादिया मुरादले पाएकि छिन। २५ वर्षीया नादिया मुरादको कथा दर्दनाक छ उनी चरमपन्थी संगठन इस्लामिक स्टेटका लडाकुबाट बलात्कृत मात्रै भैनन् चरम यातनासमेत भोगिन् ।

मुराद याजिदी समुदायकी महिला हुन् । याजिदी भनेको कुर्दहरूको एक उपसमुदाय हो । कतिपयले यसलाई इस्लामी सुफी मान्यता र केही इसाई विश्वासको सम्मिश्रण पनि मान्छन् । याजिदीहरू खासगरी पश्चिमी इराकको सिन्जा क्षेत्रमा बस्छन् । नादिया मुराद सन् २०१४ मा चरमपन्थी इस्लामिक स्टेटको अपहरणमा परिन् र तीन महिनासम्म राखेर उनलाई लडाकुहरूले बलात्कार गरे । उनी त्यसबेला ६ कक्षामा पढ्थिन् ।

इस्लामिक स्टेट अाउनुभन्दा अघि उनी आमा र भाइबहिनीसँग उत्तरी इराकको सिन्जा नजिकै रहेको कोचु गाउँमा बस्थिन्, जुन गाउँका अधिकांश मानिसहरू खेतीकिसानी गरेर आफ्नो जीविका चलाउँछन् ।

आईएसको कब्जाबाट बाहिर आएपछि उनले आफ्नो कहानी बीबीसीको एक कार्यक्रममा पोखिन् । जहाँ उनले भनिन्– हाम्रो गाउँमा करिब १ हजार ७ सय जना बस्छन् । हामीलाई अैइेसले आक्रमण गर्दै छ भन्ने कुनै जानकारी थिएन । ३ अगस्ट, २०१४ को कुरा हो, जब अैइेसले याजिदीहरूमाथि हमला गरे, तब केही मानिसहरू भागेर सिन्जातर्फ भागे । तर हाम्रो गाउँ धेरै टाढा थियो र हामी कहीं भागेर जाने अवस्था नै थिएन । हामीलाई ३ देखि १५ अगस्टसम्म बन्धक बनाएर राखियो ।

त्यतिबेला ३ हजारभन्दा बढीलाई आईएसले हत्या गरेको र करिब ५ हजार महिला तथा बालबालिकालाई आफ्नो कब्जामा लिएका खबरहरू अौँथे । त्यसबेलासम्म हामीलाई अबको अवस्थाबारे करिब करिब जानकारी भैसकेको थियो । यसै क्रममा चरमपन्थी आए र हामीलाई कब्जामा थिए । हामी केही गर्न सक्दैन थियौं । हामीलाई दुई दिनभित्र धर्म परिवर्तन गर्न चेतावनी दीयो । १५ अगस्टमा म आफ्नो परिवारसँगै थिएँ । हामी धेरै डराएका थियौं । किनकि हाम्रा अघि जे भैरहेको थियो, त्यसबाट हामी डराइसकेका थियौं ।

त्यो दिन अैइेसका करिब १ हजार लडाकु गाउँमा घुसे । हामीलाई स्कुलमा लगे । एुटा भवनमा पुरुषलाई राखे र अर्कोमा महिला र बच्चाहरूलाई राखियो । हामीसँग भएका सबै सामान पनि लुटे । हाम्रो मोबाइल, पर्स, पैसा, सबैथोक लगेपछि उनीहरूका नेताले हामीलाई ठूलो स्वरमा कराएर इस्लाम धर्म कबुल गर्न चाहेनेहरू कोठा छाडेर जान आदेश दिए ।

हामीलाई कोठा छाडेर गयो भने मार्छन् भन्ने थाहा थियो, किनकि उनीहरू इस्लाम कबुल्ने यजिदीलाई असली मुस्लिम होइन भन्ने ठान्थे । उनीहरू यजिदीलाई इस्लाम कबुल गराएर मार्न चाहन्थे । महिला हुनुका नाताले हामीलाई मार्दैनन् बरु हामीलाई अरू नै काममा प्रयोग गर्छन् भन्ने हामीलाई लागेको थियो । जब पुरुषहरूलाई बाहिर लगिँदै थियो, तब हामीलाई के भैरहेको छ भन्ने थाहा भएन तर त्यहाँ हामीले गोली चलेको आवाज सुन्यौं । कोको मारिएका छन् भन्ने हामीलाई थाहा थिएन, मेरा भाइ र अरू मानिसहरू त्यहाँ मारिएका थिए ।

उनीहरूले बच्चा, जवान र बूढाहरू केही हेरेनन् । हामीले सबैलाई गाउँभन्दा बाहिर लगेको देख्यौं । लडाकुले एक जनालाई स्कुलमा छाडे । उनले बताएअनुसार लडाकुले कसैलाई पनि छाडेनन्, सबैलाई मारिदिए । सबैलाई मारिसकेपछि उनीहरूलाई हामीलाई अर्को गाउँमा लगे । त्यतिबेला रात परिसकेको थियो । त्यहाँ पनि हामीलाई स्कुलमा राखे र हामीलाई तीनवटा समूहमा विभाजन गरे ।

पहिलो समूहमा युवा महिला, दोस्रोमा बच्चा र तेस्रोमा बाँकी महिलाहरू थिए । सबै समूहका लागि उनीहरूको अलग योजना थियो । बच्चालाई उनीहरूले प्रशिक्षण शिविरमा लिएर गए । जुन महिलालाई उनीहरूले विवाहका लागि योग्य ठानेनन्, उनीहरूको हत्या गरे, जसमा मेरी आमा पनि थीन् । राति हामीलाई मोसुल लगे । हामीलाई त्यहाँ लिएर जानेहरू मेरै भाइहरू र आमाका हत्याराहरू थिए । उनीहरूले हामीमाथि शोषण र बलात्कार गरिरहेका थिए ।

म केही पनि सोच्न सक्ने अवस्थामा थीनँ । उनीहरूले हामीलाई मोसुलको इस्लामिक अदालतमा लगे । जहाँ उनीहरूले हरेक महिलाको फोटो खिचे । त्यहाँ हजारौं महिलाको तस्बिर देख्न सकिन्थ्यो । हरेक तस्बिरसँग फोन नम्बर हुन्थ्यो । त्यो फोन नम्बर त्यो लडाकुको हुन्थ्यो, जो महिलाका लागि जिम्मेवार थियो । सबै क्षेत्रका अैइेस लडाकु इस्लामिक अदालतमा अौँथे र फोटो हेरेर आफ्ना लागि युवती छान्थे ।

युवती छानेपछि लडाकुहरू ती युवती ल्याउने लडाकुसँग मोलमोलाई गर्थे । उसले चाहेमा महिलालाई बेच्न, भाडामा दिन वा चिनजानको कसैलाई उपहार दिन पनि सक्थ्यो । पहिलो रात हामीलाई लडाकुसँग पठाइयो । धेरै मोटो लडाकु थियो, जो मलाई चाहन्थ्यो । म भने उसलाई घृणा गर्थें । जब म सेन्टरमा गएँ, तब म भुइँमा थिएँ । मैले उसका खुट्टा देखें र उसका सामु जान्नँ भनेर धेरै नै अड्डी कसें तर उसले मेरो कुरा सुनेन ।

एक सातापछि मैले भाग्ने कोसिस गरें । उनीहरूले मलाई अदालतमा लगे र सजायका रूपमा ६ जना सुरक्षा गार्डले बलात्कार गरे । तीन महिनासम्म ममाथि यौन शोषण भैरह्यो । यो इलाकामा चारैतिर अैइेस लडाकु फैलिएका थिए । तीन महिनासम्म मैले भाग्ने मौका पाइनँ । एकपटक म एक पुरुषको साथमा थिएँ । ऊ मेरा लागि केही कपडा किनिदिन चाहन्थ्यो, किनकि उसको उद्देश्य मलाई बेचिदिने थियो । जब ऊ पसलमा गयो, त्यसबेला म घरमा एक्लै थिएँ र त्यहाँबाट भागें ।

मोसुलका गल्लीहरूमा भागिरहेका बेला मैले एुटा मुस्लिम परिवारको ढोका ढक्ढक्याएँ र ममाथि भएको सबै उत्पीडनबारे सुनाएँ । उनीहरूले मलाई सहयोग गरे र कुर्दिस्तानको सीमासम्म प¥याउन सहयोग गरे । शरणार्थी शिविरमा कसैले मेरो पीडा सोधेनन् । म संसारलाई ममाथि के भयो र त्यहाँ महिलाहरूमाथि के भैरहेको छ भनेर सुनाउन चाहन्थें ।

मसँग पासपोर्ट थिएन, नागरिकता पनि थिएन । म आफ्नो कागजपत्र पाउन कैयौं महिनासम्म इराकमा बसिरहें । त्यही समय जर्मन सरकारले त्यहाँका १ हजार मानिसहरूलाई सहयोग गर्ने निर्णय ग¥यो । त्यसमध्ये म एक जना थिएँ । फेरि आफ्नो उपचार गराउने क्रममा एक संगठनले मलाई संयुक्त राष्ट्रसंघमा गएर आफ्नो दुःख पीडा सुनाउन भन्यो ।

म यो कहानी सुनाउन विश्वको कुनै पनि देशमा जान तयार छु । ३ अगस्टमा बन्धक बनाइेकी उनी नोभेम्बर २०१४ सम्म मोसुलमा बन्धक बनिन् र भाग्न सफल भैन् । त्यहाँबाट निस्किएपछि उनले यजिदीहरूको मुक्ति र मानव तस्करी रोक्ने अभियान सुरु गरिन् । यस्ता दुव्र्यवहार संगठित रूपमा भएका थिए ।

उनीलगायत ३ हजारभन्दा बढी यजिदी महिलाहरूलाई आईएसले बन्धक बनाएर यातना दिनुका साथै बलात्कार गरेका थिए । मुराद २३ वर्षको उमेरमा सन् २०१६ मा मानवतस्करीबाट जोगिएका व्यक्तिको आत्मसम्मानका लागि संयुक्त राष्ट्रसंघकी सद्भावना दूत बनिन् ।सभार राजधानि


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *